धर्म प्रचार गर्न खोज्ने पक्राउ


प्रकाशित मिति : श्रावण ३१, २०७६ शुक्रबार

धर्म प्रचार गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । इसाई धर्म प्रचार गर्दै हिँडिरहेको अवस्थामा तीन महिला र एक पुरुषलाई शारदा नगरपालिका–१ शान्तिनगरबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९ वेलुवा निवासी तुलबहादुर परियार, सोही ठाउँका रुपा सोनाम, घोराही–१५ निवासी चन्द्रकली रावत र रोल्पा नगरपालिका–६ का भीमकुमारी विक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले उनीहरुका साथबाट चार थान बाइवल, इसाई धर्म प्रचारसम्बन्धी अन्य सामग्री बरामद गरेको प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

पक्राउ परेका चारैलाई जबरर्जस्ती धर्म परिवर्तन सम्बन्धी मुद्दा चलाइने र यसका लागि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रचलित कानूनअनुसार जबरर्जस्ती धर्म परिवर्तन गराएमा कम्तीमा पाँच वर्षसम्म जेल र रु ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com