भर्जिनियाका युवकलाई आईएसआईएस लाई सहयोग गरेको आरोपमा साढे आठ बर्ष कैद


प्रकाशित मिति : फाल्गुन ७, २०७३ शनिबार

 

विजय थापा ,वाशिंगटन डीसी

अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनियाको बर्कमा बस्दै आएका २६ बर्षिय हरिस क्वामार लाई अदालतले साधे ८ बर्ष कैद को फैशला सुनाएको छ l यसको अतिरिक्त उनलाई २० बर्ष सम्म पर्यवेक्षक गरिने निर्णय पनि सुनाएको छ l

उनले आईएसआईएस लाई सामाजिक संजाल ट्वीटर मार्फत आईसिआइएस लाई प्रबर्धन गर्नु को साथै डीसी क्षेत्रका सरकारी भवन ,कार्यालयका तस्बिर तथा श्रब्य दृश्य समेत लिएको संलग्नतामा आरोप लगाईएको छ lउनलाई गत बर्ष २०१६ को जुलाईमा गिरफ्तार गरिएको थियो l उनले संघीय अनुसन्धान बिभाग (एफबिआई)का गुप्तचरलाई आईएसआईएस साँठगाँठ भएको र रक्तपात र टाउको काटिएका तस्बिर र श्रब्य दृश्य हेर्न मन पराउने जस्ता बयान दिएका थिए l

क्वामार ले कुर्दिश व्यक्तिलाई हतियारले काटेको र मेरुदण्ड भाचिएको आवाज सुनिदा मन पराएको भनि सरकारी वकिल द्वारा प्रकाशित छापा बिज्ञप्तिमा जनाएको छ l यस्को साथै क्वामारका दुई परिचितलाई गत बुधबार १५ तारिखमा भर्जिनियाको फल्सचर्च बाट ३२ बर्षिय सौफ़ियन आम्री तथा २८ बर्षिय माइकल क्विन लाई भर्जिनियाको वुडब्रिज बाट पक्राउ गरिएको छ l

उनीहरु दुवैले क्वामारलाई सोधपुछमा गलत बयान तथा झुटा कागजात बुझाएका थिए भने उनीहरुले न्यायलाई अवरोध गरेको आरोप समेत लगाईएको छ l गत जुलाईमा क्वामारका माता पिताले डिसी क्षेत्रमा संचालित एनबिसीन्युज४ लाई आफ्नो छोराको हर्कत देखि साह्रै दुखित भएको र पढाई छोडेकोमा चिन्ता व्यक्त गरेका थिए l

क्वामारले संघीय अनुसन्धान बिभाग (एफबिआई) का गुप्तचरलाई टर्कीको लागि हवाई प्रवेस पत्र (टिकट) लिएको भएता पनि आमा बुवाले रोकेको बताएका थिए l उनले उनका पिताले राहदानी दिएको भए आतंकवादी समुह आईएसआईएस भर्ना हुने भनेका थिए l यदि त्यस्तो भएको भए म काम फत्ते गर्थे र म छोड्थे भनेका थिए भनि संघीय सरकारी पक्षका अभियोजकले जनाएको एपीले लेखेको छ l

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com