संगिताले बनाईन तीन किर्तिमान !


प्रकाशित मिति : श्रावण २८, २०७६ मंगलबार

मरु बैङ्गक्वेटमा आयोजना भएको प्रतियोगिताको पहिलो दिन नेपाल पुलिसकी संगिता राईले सिनियर ४९ केजीमा तीन राष्ट्रिय किर्तिमान बनाउन सफल भएकी छिन् ।

उनले स्नाचमा ५९ केजी, क्लिन एण्ड जर्कमा ७६ केजीका साथ कुल १३५ केजीका साथ तीनै विधामा किर्तिमान बनाएकी हुन् । यस अघि उनकै नाममा ५८, ७५ र १३३ केजीको किर्तिमान रहेको थियो । उनले ८ औं राष्ट्रिय खेलकुदमा उक्त किर्तिमान राखेकी हुन् । यस तौलमा उनी एक मात्र खेलाडी रहेकी थिईन् ।

यस विधाको जुनियर तर्फ बर्दियाकी पवित्रा थापामगरले स्वर्ण हात पारिन् । उनले स्नाचमा ४०, क्लिन एण्ड जर्कमा ५० गरि कुलमा ९० केजी उठाइन् । यस्तै सशस्त्र प्रहरीकी पल्लभी कुमारी चौधरीले ४०, ४८ केजी गरि कुल ८८ केजीका साथ रजत पाईन् । तेश्रो स्थानमा रहेकी ल्गोबल बिएसएस लि. सप्तरीकी पुजा मण्डलले ३७ र ४२ केजीका साथ कुल ७९ केजी भार बहन गरिन् ।

महिला सिनियर ४५ केजीमा सेनाकी रिता गुरुङ्गले क्लिन एण्ड जर्क र कुलमा गरि दुई राष्ट्रिय किर्तिमान कायम गरिन् । उनले क्लिनमा ६२ केजी भार बहन गर्दै किर्तिमान बनाएकी हुन् । यस्तै स्नाचमा ४२ केजी भार बहन गरेकी उनले कुलमा १०४ केजीका साथ किर्तिमान कायम गरिन् । गुरुङ्गले स्वर्ण हात पारिन् ।

यस्तै दोश्रो स्थानमा रहेकी झापाकी करिना चौधरीले स्नाचमा ४७ केजीका साथ किर्तिमान बनाईन् । उनले क्लिनमा ५६ केजी सहित कुल १०३ केजी भार बहन गरिन् । तेश्रो स्थानमा बर्दियाकी हिरामोती थारु रहिन । उनले स्नाचमा ३०, क्लिन एण्ड जर्कमा ४५ गरि कुल ७५ केजी भार बहन गरिन् । यस तौल समूहमा रिता गुरुङ्गकै नाममा स्नाचमा ४५ केजी, क्लिनमा ५० केजी र कुलमा ९५ केजीको किर्तिमान थियो । रिताले यो किर्तिमान आठौं राष्ट्रिय खेलकुदमा राखेकी थिईन् ।

४५ केजी जुनियर महिला तर्फ ग्लोबल बिएसएए लि सप्तरीकी काजल सदाले स्वर्ण पाईन् । उनले स्नाचमा २७ र क्लिनमा ३७ गरि कुल ६४ केजी भार बहन गरिन् । दोश्रो स्थानमा रहेकी दाङ्गकी संजना चौधरीले ३० र ३२ केजीका साथ ६२ केजी भार उचालिन् ।

५५ केजीको सिनयर तर्फ नेपाल पुलिसकी देवी कुमारी चौधरीले स्वर्ण हात पारिन् । उनले स्नाचमा ६० किल्न एण्ड जर्कमा ८२ गरि कुल १४२ केजी भार उचालिन् । दोश्रो स्थानमा रहेकी सेनाकी गौरी चौधरीले स्नाचमा ५० र क्लिनमा ५८ गरि १०८ तथा तेश्रो भएकी एपिएफकी लिला राईले स्नाचमा ३०, क्लिनामा ४० गरि कुल ७० केजी भार बहन गरिन् ।

यस्तै सिनियर तर्फ कै ५९ केजी तौलमा स्नाच तर्फ संजु चौधरीले ७१ केजी भारका साथ किर्तिमान बनाएकी छिन् । यस अघि यस विधामा सेनाकी कमला श्रेष्ठको नाममा ७० केजीको किर्तिमान रहेको थियो । कमलाले आठौ राष्ट्रिय उक्त किर्तिमान बनाएकी थिईन् । यस्तै ६४ केजी तौलमा नेपाली सेनाकी सारदा चौधरीले स्नाचमा आफ्नै नाममा रहेको ६० केजी तौलमा सुधार गर्दै ६१ केजीको किर्तिमान राखिन् ।

राष्ट्रिय किर्तिमान राख्ने क्रममा ७१ केजी तौलमा पुलिसकी राजलक्ष्मी थापाले स्नाचमानै ६६ केजी भारका आफ्नै नाममा रहेको ६३ केजीको किर्तिमानमा सुधार गरेको प्रतियोगिता संयोज तथा आयोजक संघका उपाध्यक्ष रुकेश तण्डुकारले जानकारी गराए । थापाले पनि आठौमा अघिल्लो किर्तिमान बनाएकी थिईन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com