८७ बर्षको उमेरमा समेत क्रोधकला बनाउँदै कालु कुमाले


प्रकाशित मिति : श्रावण २८, २०७६ मंगलबार

–श्याम रिमाल

जीवनको उत्तराद्र्धमा छोराछोरीहरुको प्रशस्त हेरविचार पाए पनि पत्नी लक्ष्मीमाया नहुँदा कालु कुमाले आफूलाई एकाङ्गी ठान्नुहुन्छ । आफूले आफैँलाई सान्त्वना दिनका लागि उहाँले आफैँलाई मूर्तीकरण गर्नुभयो र सतीदेवीको मूर्ति बनाउनुभयो । उहाँ आफ्नो एक्लोपन मेट्न दैनिक ज्यासलमा जानुहुन्छ र महिलाका रुप सतीदेवी, बूढी आमा, वसुन्धरा आदि बनाउँदै आफूलाई भुलाउनुहुन्छ ।

एक फिट अग्लो मूर्तिमा कुमालेले शिव र सतीको मूर्तीकरण गरी एउटा नौलो काम गर्नुभएको छ । लक्ष्मीमायाले उहाँलाई खेतमा काम नगरी मूर्ति मात्र बनाउन प्रेरणा दिनुभयो, पतिको रुचिलाई प्रोत्साहन गरिरहनुभयो । लक्ष्मीमाया अहिले हात्तीवन, उद्योगमार्ग घरमा हुनुहुन्न ।

यही साउन २५ गते आफूसँगको कुराकानीमा उहाँले आफ्नी सतीदेवी लक्ष्मीमायालाई सम्झनुभयो र आँशु चुहाएरै छाड्नुभयो । खुलेर कुराकानी गर्न पनि सक्नुभएन । यसरी कुरा भन्दा कामले नै कालुलाई नेपालको क्रोधकला शिरोमणि बनाइदियो । हालसम्म उहाँले महाकाल, भैरव, रुद्र आदिका क्रोध मुद्रा र अन्य साना ठूला गरी ६००. मूर्ति बनाउनुभएको छ । अहिले ८७ वर्षमा हिँड्दा पनि उहाँ केही न केही बनाइरहनुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शयन गरिरहेका गणेश पनि उहाँको पछिल्लो कृति हो जुन १० इञ्च अग्लो छ । शायद शयन मुद्राको यो गणेशको मूर्ति नेपालमा पहिलो हुनुपर्छ जस्तो पाटन हौगलमा शयन मुद्रामै गौतम बुद्धको मूर्ति बनाउने श्रेय कृष्णबहादुर राजकर्णिकारले पाएको उहाँका छोरा घनश्याम राजकर्णिकार जिकिर गर्नुहुन्छ । “यस्तो बु्ढ्यौलीमा पनि बुवा कल्पना र विचारमा डुबिरहनुहुन्छ”, उहाँका साहिँला सुपुत्र मूर्तिकार राकेश अवालेले बताउनुभयो ।

राकेशलगायत उहाँका अन्य छोराहरु पनि अहिले मूर्तिकलामा लागिरहनुभएको छ । राकेशकै प्रबन्ध निर्देशकत्वमा अहिले हात्तीवनमा कालु आर्टस एण्ड ह्याण्डिक्रयाफ्ट प्रालि विसं २०६३ भदौदेखि सञ्चालित छ । प्रालिले कुमालेसँग मूर्तिको पहिलो मैन प्रारुप मूल्य तिरेरै किन्छ । त्यसैलाई प्रालिले प्रायः तामाको मूर्ति बनाउँछ । त्यस्ता मूर्ति कतिपय अर्डरमा आउँछन् भने कतिपय कुमालेका आफ्नै स्वतःफूर्त कल्पनाबाट बनेका हुन्छन् । भर्खरै बन्दै गरेको दुई किसानको मुक्कामुक्की उनको प्रारम्भिक जीवनको प्रतिविम्ब मान्न सकिन्छ । उहाँ आफ्नो पृष्ठभूमि र धरातल पनि कहाँ भुल्न सक्नुहुन्छ र ?

हेर्दा धातुका यस्ता मूर्ति हातले धातु नै कुँदेर बनाइएको हो कि भन्ने लागे पनि त्यस्तो होइन । मौरीको चाकाबाट प्राप्त मैन किनेर त्यसलाई कम्पास, धागो, सिलकु, चायगुजस्ता अनेक उपकरणको प्रयोग गरी रुप दिइन्छ । त्यसलाई आवश्यकतानुसार हाकुचा, गठीचा, पहेँलो, मसिनो र कडा माटो आदिले लेपन गरिन्छ । सुकेपछि त्यसलाई भुसले छोपिन्छ । त्यो पनि सुकेपछि त्यसमाथि धातु पगालेर हालिन्छ र भट्टीमा लगी पोलिन्छ ।

यसबाट मैन झरेर जान्छ । पोलिएको माटो उप्काएपछि मूर्तिको आकार आउँछ । त्यसलाई पोलिस गरेपछि मूर्ति तयार हुन्छ । एक सपाट मूर्तिमा आँखा, ओठ, दाँत, कान, गाला, हात तथा भावभङ्गिमा वा मुद्रा आदि सन्तुलन र अनुपात मिलाउनु नै निकै गाह्रो काम हो । त्यसमाथि एकपछि अर्काे खप्टेका मूर्ति छन् भने तिनको समन्वय गर्नु कम्ती सहज काम होइन । वज्रभैरव महिष संवर मूर्ति त अरुले नसकेर कुमालेले तीन वर्ष लगाएर पूरा गरे जुन अहिले भिक्टोरिया एण्ड एल्बर्ट म्युजियम लण्डनमा पनि राखिएको थियो । “मलाई भगवान्ले दिएको शक्ति हो यो”, कुमाले भन्नुहुन्छ ।

उहाँ आफ्ना गुरुको ध्यान र धूपबत्ती पनि गर्नुहुन्छ । निदाएका बेला गुरुले आएर मूर्ति निर्माणमा निर्देशन पनि दिने उहाँले बताउनुभयो । “मैले जीवनमा एक घण्टा मात्र सुतेर पनि काम गरेँ, मूर्तिकलामा लाग्नेले आफैँ मेहेनत गर्नुपर्छ”, उहाँले भन्नुभयो । छोराहरु र आफ्नो काम गराइमा फरक पाए पनि तिनलाई मिहिनेत गर्न उहाँले सुझाउनुभयो ।

अरुको नक्कल गरेर छिनमै मूर्ति तयार नगर्न पनि उहाँ सबैलाई आग्रह गर्नुहुन्छ । आधुनिकताले कला क्षेत्रको मूल्य ह्रास भएकामा उहाँ चिन्तित हुनुहुन्छ । अहिले उहाँ भैरवको मकुण्डो, वसुन्धरा, मञ्जुश्री, वज्रयोगिनी, नमोबुद्ध, ब्रह्मा, गरुड आदि बनाउँदैहुनुहुन्छ ।

नेपालको एक मात्र उत्तर बग्ने कर्मनशा खोला छेउमा बस्ने कालु र उहाँका छोराहरु भने मूर्तिकला कर्मलाई संस्थागत बनाई नेपाली मूर्तिकलाको विकासमा लाग्ने र आफ्नो कर्मलाई अझ बलियो बनाउने प्रण गर्नुहुन्छ । पत्रकारहरुलाई हौसला दिन उहाँ र छोराहरुको सहयोगमा सोफाज–लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरस्कार स्थापना भएको छ ।

आफ्नो कलायात्राको हीरक उत्सव मनाउन लाग्नुभएका कुमालेका पहिलेका र पछिल्लो कालका मूर्तिको प्रदर्शन, वृत्तचित्र निर्माण र उहाँको व्यक्तित्व र कृतित्वबारेको पुस्तक प्रकाशन पनि आगामी महिना हुँदैछ । खुशीको कुरा, अहिले कुमालेका छोरा राकेश र राजेश मात्र होइन, नाति रोजेश अवालेमा पनि मूर्तिकला हस्तान्तरण भइसकेकाले नेपालमा मूर्तिकलाको भविष्य उज्यालो भएको ठोकृुवा गर्न सकिन्छ ।

तस्वीर सौजन्य :  राकेश अवाले

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com