नेपाली चलचित्र “आप्पा” न्यूयोर्कमा प्रदर्शन हुने


प्रकाशित मिति : श्रावण २५, २०७६ शनिबार

दयाहाङ राई अभिनित ‘आप्पा’ नेपाली चलचित्र नेपालसँगै भारतको २५ वटा हलहरुबाट एक साथ प्रदर्शन भइ सकेको छ। दर्शक हरु बाट निकै राम्रो प्रतिकृया आएको हिट चलचित्र “आप्पा” अब यही अगस्ट २५ तारिक मा न्यूयोर्क को गुलसन टेरेसमा प्रदर्शन हुने भएको छ। वाइज इन्टर्नेस्नल इन्टर्टेन्मेन्ट ले उक्त चलचित्र लाई प्रदर्शन मा ल्याउन लागेको हो।

२० डलर राखिएको उक्त चलचित्र बिहान १०:३० देखी दिउसो १:३० सम्म सो राखिएको छ। यो फिल्मले दार्जिलिङदेखि सन्दकपुरसम्मको यात्राको कथा बोकेको बताइएको छ ।

दयाहाङ राईसँगै सिद्धान्त राज तामाङ र अल्लोनाकाबो लेप्चाका अतिरिक्त बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारहरुको फिल्म ‘आप्पा’ मा अभिनय रहेको छ । बाबुछोराको सम्बन्धको कथामा निर्माण भएको सिनेमाका निर्देशक अनमोल गुरुङ हुन् । अनमोलले यसै सिनेमाबाट निर्देशनमा डेब्यू गर्दैछन् ।

चलचित्रका अभिनेता दयाहाङ मुख्य कलाकार हुन् । निर्देशक अनमोल गुरुङले फिल्मको निर्देशन गरेका छन् । फिल्म निर्देशनमा अनमोलले यसै फिल्मबाट डेब्यु गर्दैछन् ।

निर्देशक अनमोल गुरुङको कथा रहेको यो फिल्ममा गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद रहेको छ । शैलेन्द्र डी कार्कीले छायाँकन गरेको यो फिल्ममा अनमोल गुरुङ र शैकात देवले संगीत भरेका छन् । फिल्मको सम्पादन भने निमेष श्रेष्ठले गरेका हुन्।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com