अन्नपूर्ण आधार शिविरका क्षतिग्रस्त संरचना


प्रकाशित मिति : श्रावण २२, २०७६ बुधबार

वासुदेव पौडेल/अन्नपूर्ण आधार शिविरमा अघिल्लो वर्ष फागुन १३ गते आएको हिमआँधीका कारण क्षतिग्रस्त संरचनालाई पूर्ववत् अवस्थामा ल्याइएको छ । हिमआँधीसहितको प्राकृतिक विपद्बाट क्षतिग्रस्त संरचना स्थानीय पर्यटन व्यवसायीले झण्डै पाँच महीनाको प्रयासपछि पूर्ववत् अवस्थामा ल्याएको हो ।

गत फागुन दोस्रो सातापछि पनि पटकपटक हिमपात परेका कारण स्थानीयवासीले अपेक्षाकृत पुनर्निर्माण कार्यलाई चाँडो गर्न नसकेको पर्यटन व्यवसायी एवं अन्नपूर्ण गाउँपालिका–११ का अध्यक्ष हिमबहादुर गुरुङले जानकारी दिनुभयो । आधार शिविर क्षेत्रमा अकल्पनीय रूपमा आएको हिमआँधीका कारण यहाँका होटेलका छाना उडाउनाका साथै ठूलो मात्रामा भौतिक क्षति भएको थियो ।

“हिमआँधीले यहाँका चारवटै होटेलमा ठूलो क्षति पु¥याएको थियो”, उहाँले भन्नुभयो, “अन्नपूर्ण आधार शिविर भनेर आउने पर्यटकको सुविधालाई लक्षित गरी यथासक्य चाँडो पुनः निर्माणलाई बढाउँदा पनि यो समय लागेको हो ।”

हिमआँधीको समयमा उक्त स्थानमा कुनै मानिस नरहेका कारण मानवीय क्षति भने हुन सकेको थिएन । उहाँका अनुसार यहाँका चारवटै होटेलको बिग्रे भत्केका पूर्वाधार निर्माणमा झण्डै साढे दुई करोड रुपैयाँभन्दा बढी खर्च भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्षति लगत्तै पुनर्निर्माण गर्न खोजिए पनि चैतको अन्तिमसम्म नै पटकपटक हिमपात भएपछि अपेक्षित पुनर्निर्माणले गति लिन सकेको थिएन । पुनर्निर्माण भएसंगै अन्नपूर्ण आधार शिविर जाने पर्यटकले अब भने सहजरुपमा सोही स्थानमा नै बस्न पाउने भएका छन् । अघिल्लो वर्षको पदयात्रा पर्यटनको दोस्रो मुख्य याम मध्य फागुनदेखि वैशाखसम्मको समयमा आधार शिविरमा भएको क्षतिले पर्यटक समस्यामा परेका थिए ।

उक्त याममा अन्नपूर्ण आधार शिविरमा पर्यटकले रात बिताउन नपाए पनि स्थानीय पर्यटन व्यवसायीले त्यहाँसम्म दिउँसो करीब डेढ घण्टाको हाइकिङ गराई पर्यटकलाई पु¥याइ पुनः माछापुच्छ«े आधार शिविरमा ल्याएर बस्ने व्यवस्था मिलाएका थिए ।

पदयात्राको नजिकिँदो याम आगामी असोज, कात्तिक र मङ्सिरमा भने पदयात्रामा जाने पर्यटकलाई अन्नपूर्ण आधार शिविरमा नै बस्ने गरी व्यवस्था मिलाइसकिएको गुरुङले जानकारी दिनुभयो ।

क्षतिग्रस्त संरचना पूर्ववत् अवस्थामा आउनुले विभिन्न विदेशी राष्ट्रबाट अन्नपूर्ण आधार शिविर नै पुग्ने लक्ष्यका साथ आउने पर्यटक विशेषरुपमा लाभान्वित हुने समाजसेवी एवं अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव २०७६ का संयोजक ललित गुरुङले बताउनुभयो ।

हिमआँधीले यहाँका होटेलका छाना उडाउनाका साथै ठूलो मात्रामा भौतिक क्षति पु¥याएको थियो । क्षति लगत्तै पुनःनिर्माण गर्न खोजिए पनि चैतको अन्तिमसम्म नै पटकपटक हिमपात भएपछि अपेक्षित पुनर्निर्माणले गति लिन नसकेको हो ।

क्षतिसँगै अन्नपूर्ण गाउँपालिका कास्कीले स्थलगत अध्ययन गरी रु तीन करोड ५६ लाख नोक्सान भएको यकिन गरी क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो । उक्त कुराको सुनुवाइ हुन नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो ।

गाउँपालिकाले उक्त समयमा हिमपातका कारण बिग्रे भत्केका पदमार्गको पुनःनिर्माणका लागि रु ६० हजार सहयोग उपलब्ध गराएको पौडेलले जानकारी दिनुभयो । गाउँपालिकाले त्यहाँ चार वटा होटेलको पुनःनिर्माणका लागि रु एक÷एक लाख उपलब्ध गराएको थियो ।

अन्नपूर्ण क्षेत्रमा बढ्दो पदयात्री पर्यटकको सुविधालाई दृष्टिगत गरी अघिल्लो आर्थिक वर्षमा पदमार्ग क्षेत्रका दुई ठाउँमा फलामे पुल राखिएको गाउँपालिकाले जनाएको छ । करीब चार दशकअघिसम्म अन्नपूर्ण आधार शिविरमा पदयात्रा गरी जाने पर्यटक यहाँका भेडीगोठ र स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्ने गर्दथे ।

विसं २०३८ देखि यस ठाउँमा सुविधा सम्पन्न होटल सञ्चालन शुरु गरिएको स्थानीयवासी बताउँछन् । यहाँस्थित होटललाई क्रमशः सुविधा सम्पन्न बनाउने लक्ष्यअनुरूप बर्सेनी पूर्वाधार थप हुँदै गएसँगै करीब १०० जनाभन्दा बढी बस्नसक्ने व्यवस्था मिलाइएको थियो । अन्नपूर्ण आधार शिविरसम्म पुग्ने बाटोका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ«े आधार शिविरमा अन्नपूर्ण आधार शिविरका चार वटा होटेलसहित कूल २६ वटा सञ्चालनमा छन् ।

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै यस क्षेत्रले विश्वव्यापी चर्चा पाएको हो । समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेञ्जिङ नोर्गे र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए ।

अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्व प्रख्यात पदयात्री एरिक सिप्टनले समुद्री सतहदेखि चार हजार १३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेका थिए । सिप्टनले गरेको पदयात्रा पछि मात्रै यो क्षेत्रको चासो र चर्चा बढ्नुका साथै आकर्षक गन्तव्य बन्दै गएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com