गर्भवति महिला दाम्लोमा, अमेरिकाबाट मैनालीको सहयोग


प्रकाशित मिति : श्रावण २७, २०७३ बिहीबार

 

दाम्लोमा बाधिएकी गर्भवतीलाई उपचार गर्न सहयोगका लागि न्युयोर्क निवासी नेपाली रक्तदाता अर्जुनप्रसाद मैनालीले अनुरोध गर्नुभएको छ ।
उदयपुर त्रियुगा नगरपालिका वडा नं ५ भातिखर्ककी २२ बर्षीया गर्भवति महिला सृजना कार्की (खड्का) लाई मक्किएका बाँसका भाटाले बारेर बनाइएको थोत्रो घरको छेउमा रहेको पुरानो खाटमा दुवै हात बाँसको टाटीमा बाँधेर राखिएको छ ।
श्रीमानले समेत घरमै छाडेर हिडेपछि उनी विचल्लीमा परेकी हुन् । मानसिक रोगी सृजनाको खुट्टामा घाउ भएर पाकेकाले उपचार गर्ने पैसा पनि छैन । यस्तो दुखको अबस्थामासानो सहयोगले सृजनालाई ठुलो सहयोग मिल्ने भन्दै मैनालीले सहयोगको अपिल गर्नुभएको छ । मैनालीले तत्काल आवश्यक खर्चको लागि ३५ हजार रुपैया सहयोग पठाउनुभएको छ ।

अब तीन महिनामा उनको बच्चा हुने र उनको नियमित उपचार र बच्चा हुर्काउन केहि सहयोग आबश्यक पर्ने भएकाले त्यस बखत पुन सहयोगको आब्हान गर्ने मैनालीले बताउनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com