समाजसेवामा नायिका करिश्मा, गर्दै हुनुहुन्छ यस्तो काम !


प्रकाशित मिति : श्रावण १८, २०७६ शनिबार

अतिविपन्न परिवारका बालबालिकाहरु, शिक्षाको उज्यालोबाट बञ्चित हुनु नपरोस् भन्ने सन्देश दिँदै नायिका करिश्मा मान्नधर र फिल्म निर्माता  विनोद मान्नधरले नयाँ अभियानको  थालनी गर्नु भएको छ । जुन काम निकै प्रशंसा योग्य छ ।

यसको सुरुवात महिला तथा बालबालिका सेवा केन्द्रमा रहेका आमाबुबा गुमाईसकेका बालबालिकाबाट गर्नु भएको छ । यो सेबा केन्द्रमा बलात्कारबाट जन्मेका र बुबाआमा गुमाएका बालकालिकाहरु रहेका छन् ।

अतिविपन्न परिवारका बालबालिकाहरुको शिक्षामा सानो भएपनि सहयोग पुर्याउने उदेश्य राखेर “जानकी—ईश्वर” फाउन्डेसन दर्ता प्रक्रियामा रहेको बताउँदै भन्नुभयोे ‘धेरैलाई सहयोग गर्न नसकौँला जतिलाई सक्छौँ, गरौँभन्ने पवित्र मनसाय हो । त्यसको सुरु आजबाट हामीले गर्यौ ।’
छेउमा बसेका नानीबाबुहरु देखाउँदै उहाँले भन्नुभयो ‘यी साना नानीबाबुहरु हाम्रो देशको भविश्य हुन । शिक्षाबाट बञ्चित हुनुहुँदैन, राज्यले सबैभन्दा धेरै लगानी शिक्षामै लगाउनु पर्छ, हामीले दिने सहयोग थोरै र कम संख्यालाई मात्र हुन्छ । अझ भनौँ, शिक्षाको दियोमा थोरै तेल थप्ने काम मात्र गरेका हौँ । यसबाट जनचेतना जगाउने र शिक्षाको महत्व बुझाउने हो,अभिभावक त राज्य नै हो । अहिले पनि ग्रामिण क्षेत्रका धेरै बालबालिका स्कुल पुग्नु पाएका छैनन। ’

नायिका करिश्माले आफ्नो बाल्यकाल स्मरणगर्दै भन्नुभयो “मेरो आमाले मलाई निकै संघर्ष गरेर हुर्काउनु भएको हो, म पनि मुखमा सुनको चम्मच लिएर जन्मेको बच्चा होईन, यी बच्चाहरुको अनुहारमा आफ्नो प्रतिबिम्ब देख्छु । बच्चाहरुले संस्कृतमा श्लोकहरु सुनाए, यस्तो पवित्र ठाउँमा आउँदा आनन्द लाग्यो । मनैदेखि हर्सित छु । लक्ष्मी जिले बच्चाहरुलाई राम्रो शिक्षाको साथै राम्रो संस्कार पनि दिनुभएको रहेछ,यो देखेर निकै खुशी लाग्यो । यो सजिलो काम होइन ।’

काठमाडौँ बुढानिलकण्ड हात्तिगौँडा ओखल गाउँमा रहेको महिला तथा बालबालिका सेवा केन्द्रका बालबालिकाहरुलाई संगित सिक्नका लागि हार्मोनियम र कापि कलम किन्नको लागि मान्नधर दम्पत्ति आर्थिक सहयोग बोकेर पुग्नु भएको थियो । यसै क्रममा बोल्दै भन्नुभयो ‘समाजमा घट्ने महिला हिंसा र बालबिबाह जस्ता जघन्य अपराधहरु रोक्ने एउटा शसक्त माध्यम शिक्षा हो । यस्ता घटनाहरु रोक्न अहिलेदेखि शिक्षामा ध्यान दिनुपर्छ ।  धेरै बालबालिका शिक्षाबाट बञ्चित हुनु परेको सुन्दा दुःख लाग्छ । त्यसैले तपाई हामी सक्नेहरुले आफ्नो क्षेत्रका बालबालिकाहरुलाई स्कुलसम्म पुर्याउन सक्दो सहयोग गरौँ भन्छु ।’

एकअर्को प्रसंगमा भन्नुभयो ‘म पनि भर्खरै एसईई पास गरेको छु । निजि स्कुलमा पढेर आएँ । मलाई लागेको निजि स्कुलहरुमा कम्तिमा पनि दुईवटा पुस्तक नेपाली भाषामा हुनु पर्दछ । किनकी सरकारी काम कार्वाही नेपाली भाषामै हुन्छ ।’

आश्रामा रहेका बालबालिकाले नायिका करिश्मा र फिल्म निर्माता  विनोद मान्नधरसँग आफ्ना इच्छा सुनाएका थिए । बालबालिका कुरा सुन्दा अलि भावक बन्नुभएको निर्माता विनोद मान्नधरले आफ्नो बाल्यकालका केही कुरा बच्चाहरुलाई सुनाउनुभएको थियो ।

सेवा घर पुग्दा बालबालिकाले संस्कृतमा विभिन्न श्लोकहरु सुनाउँदै मान्नधर दम्पत्तिलाई स्वागत गरेका थिए । बुबाआमाको नाममा स्थापना गरिने ‘जानकी—ईश्वर’ फाउन्डेसनले विशेषगरी छोरीहरुको शिक्षामा आर्थिक सहयोग गर्नुका साथै समाजलाई योगदान पुग्नेगरी लेखिएका पुस्तकहरु आर्थिक अभावकाकारण प्रकाशनबाट रोकिएकाहरुलाई पनि प्रकाशन गर्नका लागि सक्दो सहयोग गर्नेछ ।

यो सेवा घरमा २० जना बालबालिका सहित ३० जना बस्दै आएका छन । संस्थाको बारेमा जान्नका लागि यो कथा पनि एकपटक अवस्य पढि दिनुहोला, लक्ष्मीको आँगन !

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com