उफ ! लोकमार्गमा सास्ती


प्रकाशित मिति : श्रावण १६, २०७६ बिहीबार

रामबहादुर थापा/ सदरमुकाम बागलुङ बजार कटेर पश्चिम लागेपछि मध्यपहाडी पुष्पलाल लोकमार्गको दयनीय अवस्था आँखाअघि आउँछ । वर्षायाममा त लोकमार्ग झन् ‘बेहाल’ देखिन्छ । पहिरो छल्दै, हिलो छिचोल्दै यात्रा गर्नुपर्छ । घोडाबाँधे नपुगुञ्जेल सास्ती घट्दैन । त्यतिञ्जेल २५ किमी यात्रा तय भइसकेको हुन्छ ।

त्यहाँ पुगेपछि भने केही राहत महसुस हुन्छ । थकित बनेका यात्रुले सन्तोषको सास फेर्छन् । काठेखोला गाउँपालिकाको घोडाबाँधेबाट भने कालोपत्र सडक शुरु हुन्छ । घोडाबाँधेदेखि ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङसम्म ६४ किमी पक्की सडक छ ।

पश्चिमतर्फ धमाधम कालोपत्र हुँदा सदरमुकामतर्फकै सडक भने सबैभन्दा नाजुक किन छ रु सर्वसाधारणको यो प्रश्न धेरै पुरानो भइसक्यो । मार्ग खुलेको २० वर्ष बितिसक्दा पनि बागलुङ–घोडाबाँधे खण्ड कालोपत्र हुनसकेको छैन । वर्षामा हिलो र हिउँदमा धुलोको दुश्चक्रबाट स्थानीयवासीले मुक्ति पाउन सकेका छैनन् ।

लोकमार्गका ठाउँठाउँमा खसेका पहिरो र हिलाम्मे सडकका कारण जोखिम बढिरहेको बागलुङ–बुर्तिबाङ ‘रुट’ का जिप चालक दीपक बोहराले बताउनुभयो । “बागलुङ बजारदेखि अक्षेतेसम्म सबैभन्दा बढी समस्या छ”, उहाँले भन्नुभयो, “ठूलो पानी पर्दा गाडी नै हिलोमा फस्छन्, हिउँदमा पनि यात्रा सहज छैन ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लोकमार्ग आयोजनाले वर्षा शुरु नहुँदै पूर्वाधार तयारी सक्ने र आउँदो हिउँदभित्र कालोपत्र गर्ने जनाएको थियो । काम ढिलो हुनुमा ठेकेदार कम्पनी दोषी रहेको आयोजनाको भनाइ छ । ठेकेदार कम्पनीले भने मुआब्जा, खानेपानी पाइप, विद्युत् खम्बा आदि कारणले काम प्रभावित भएको बताएका छन् ।

सदरमुकामदेखि बिहुँसम्मको १३ किमीको ‘सिद्वीटाइ कन्सट्रक्सन’ र ‘सूर्य कन्सट्रक्सन’ लाई घोडाबाँधेसम्मको बाँकी खण्ड निर्माणको जिम्मा छ । दुवै खण्डमा सडक विस्तार, नाली, पर्खाललगायतका पूर्वाधार तयारीको काम भइरहेको लोकमार्गका इञ्जीनियर रामप्रसाद सुवेदीले बताउनुभयो ।

“अहिले वर्षाले गर्दा निर्माणको काम सुस्त छ”, उहाँले भन्नुभयो, “पहिरो पन्छाउने, सडक, नाली मर्मत गर्ने काममा बढी समय बितेको छ ।” उहाँले आउँदो वर्षभित्र सडक कालोपत्र हुने बताउनुभयो । ठेक्काको सम्झौता अवधि पनि एक वर्ष मात्र बाँकी छ ।

वर्षा सकिएपछि कामले गति लिने इञ्जीनियर सुवेदीको भनाइ छ । “ठेकेदार कम्पनीबाट ढिलासुस्ती भएकै हो”, उहाँले भन्नुभयो, “आयोजना व्यवस्थापनले सचेत गराएको छ, अब काममा ढिलाइ हुन दिन्नौँ ।” समयमा काम नभएपछि पटक–पटक ठेक्काको म्याद थप हुँदै आएको छ ।

जनगुनासो बढेपछि आयोजना व्यवस्थापन, जनप्रतिनिधि, स्थानीय प्रशासनलगायत सरोकार पक्षले लोकमार्ग निर्माणमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गरेका छन् । मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि ठेकेदार कम्पनीलाई छिटो काम सक्न अनुरोध गर्ने र लापरवाही गरेमा कारवाहीका लागि सिफारिस गर्ने निर्णय भएको बागलुङ क्षेत्र नं २ का सांसद देवेन्द्र पौडेलले बताउनुभयो ।

“लोकमार्गलगायतका अन्य विकास योजनाको काममा लापरवाही गर्ने ठेकेदारलाई शुरुमा चेतावनी दिने, भएन भने कारवाही गर्ने निर्णय भएको छ” उहाँले भन्नुभयो । कालोपत्र भएको घोडाबाँधे–बुर्तिबाङ खण्ड पनि ठाउँठाउँमा जीर्ण बनेको छ । सडकको नियमित मर्मत सुधार हुनसकेको छैन ।

पहिरोको कारण गलकोट नगरपालिका–९ मल्म अम्रिसेखोलामा पटक–पटक लोकमार्ग अवरुद्ध हुँदै आएको छ । पहिरो रोकथाम नगरे लोकमार्गमा ठूलो क्षति पुग्ने वडाध्यक्ष तेजबहादुर थापाले बताउनुभयो । बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा पर्ने तुरतुरेमा पनि पहिरोको जोखिम छ । लोकमार्ग भासिने र चर्किने भएपछि सतर्कता अपनाइएको छ । सोही ठाउँमा गत वर्ष गएको पहिरोले बडिगाड खोला थुनिँदा ताल बनेको थियो ।

लोकमार्गको गलकोट, हटियादेखि उताको खण्ड हेर्ने इञ्जिनीयर सरोज ढकालले वर्षा हुनासाथ पहिरोले अवरोध खडा गर्ने गरेको बताउनुभयो । अवरोध सिर्जना हुन नदिन र भइहाले तत्काल हटाउन आयोजना व्यवस्थापन सधैँ तयारी अवस्थामा रहेको उहाँको भनाइ छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गले सबैभन्दा बढी बागलुङको १४२ किमि भूभाग समेटेको छ ।

बुर्तिबाङदेखि निसीखोला गाउँपालिकाको पातीहाल्नेसम्मको ४५ किमीमध्ये १४ किमी सडक कालोपत्र भइसकेको छ भने बाँकी यही आर्थिक वर्षभित्र कालोपत्र गर्ने आयोजनाको तयारी छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com