‘बाँचे आधुनिक जनकपुर बनाउछु, मरे स्वर्गद्वारी लैजानु’


प्रकाशित मिति : फाल्गुन ४, २०७३ बुधबार

जनकपुरको जनक चोकमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्मा, नयाँ शक्ति पार्टीका प्रदेश नम्बर २ का सह–संयोजक कलामुद्दिन राइन  आमरण अनसनमा बसेको १४ दिन पुरा भएको छ। जनकपुरलाई आधुनिक सुविधा सम्पन्‍न स्मार्ट सिटी बनाउनुपर्ने उनीहरुको माग छ।

उनीहरुलाई आज प्रमुख जिल्ला अधिकारी दिलिप चापागाइको नेतृत्वमा गएको सरकारी टोलीले अनसन फिर्ता लिन आग्रह गर्‍यो। तर, वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्माले माग पुरा नभएसम्म अनसन फिर्ता नहुने बताए।

प्रधानमन्त्रीसँग सिधा वार्ता : अनसनकारी

बाँचे आधुनिक जनकपुर बनाउछु, मरे स्वर्गद्वारी लैजानु, बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्माले सरकारी टोलीलाई जवाफ दिए। उनले विभिन्न मन्त्रालयसँग जोडिएको माग भएकाले प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जनकपुर क्षेत्रको बृहत्तर र व्यवस्थित विकासका लागि जनकपुर विकास प्राधिकरण बनाउन ऐनमा संशोधन गर्नुपर्ने लगायतका मागहरु उनीहरुले अगाडि सारेका छन् ।

यस्तो छ अन्य मागहरु :–

– जनकपुर विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नति गर्नुपर्ने
– पाँच सय शैयाको अनुमति प्राप्त जनकपुर अञ्चल अस्पताललाई शिक्षण अस्पताल बनाउनुपर्ने
– राजर्षि जनक विश्वविद्यालयको स्थापना हुनुपर्ने
– जनकपुर उप–महानगरपालिकालाई समेट्ने गरी ६ लेन बाहिरी चक्रपथ निर्माण गर्नुपर्ने
– जिम्मेवार अधिकारीहरुबाट जिल्लामा व्याप्त भ्रष्टाचारजन्य कार्य अविलम्ब रोक्नुपर्ने र दोषीलाई कडा कारबाही गर्नुपर्ने

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com