१२ वर्षीया बालिकाले गरिन आत्महत्या !


प्रकाशित मिति : श्रावण १५, २०७६ बुधबार

गोर्खाकी १२ वर्षीया बालिकाले आत्महत्या गरेकी छन् । आत्महत्या गरेकी बालिका होराइजन बोर्डिङस्कूलमा कक्षा पाँचमा अध्ययनरत शहीदलखन गाउँपालिका–७ मकैपुरकी प्रशान्ता श्रेष्ठ रहेकी छिन् । प्रहरीका अनुसार प्रशान्ताले बुधबार बिहान पासो लगाएर आत्महत्य गरेकी हुन् ।

प्रशान्ता आमा पानी भर्न धारामा गएका समयमा झुण्डेकी बताइएको छ । प्रशान्तालाई १० वर्षीया बहिनेले देखेपछि डोरी काटेकी थिइन् । तर उक्त समय प्रशान्तको भने मृत्यु भइसकेको स्थानीय बताउछन् । आत्महत्या भएको घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बुंकोटका प्रहरी पुगिसकेको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com