पाल्पाली युवाकाे अनौठो चाहना ! (फाेटाे फीचर)


प्रकाशित मिति : फाल्गुन ४, २०७३ बुधबार

शम्भु दंगाल/ मानिसका चाहना पनि थरिथरिका हुन्छन् । नयाँ काम गर्नु मानिसको स्वभाविक गुण भएपनि कतिपयको चाहाना भने अनौठो किसिमको नै हुने गरेको छ । यस्तै मध्येका एक युवा हुन् पाल्पाका सागर पाण्डे ।

पाल्पाको अर्गेली बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत २१ बर्षिय सागर अहिले गाँउ–ठाँउमा सर्प समात्ने मान्छेका रुपमा परिचित छन् ।

१८ बर्षको उमेरमा पहिलो पटक सर्प समातेको बताउने पाण्डेले हालसम्म ३ सय ५९ सर्प समातेको हामीसँगको कुराकानीमा दावी गरेका छन् । धेरैका लागि सर्प समात्नु जोखिमपूर्ण काम भएपनि सागरका लागि भने सामान्य छ । यसरी सर्प समात्ने क्रममा उनलाई १ सय भन्दा धेरै पटक सर्पले टोकेको उनको भनाई छ । तर, अचम्म यतिधेरैपटक सर्पले टोकेपनि उनले कुनै उपचार भने नगराएको दावी गर्छन ।

यस्तो छ सागरको सर्प समात्दाको अनभव
सर्प समात्दाका केही रोचक अनुभूतिहरु छन् सागरसँग । उनले समान्य सर्पदेखि सबैभन्दा खतरनाक मानिने किङ कोब्रासम्म समातेको बताएका छन् । सागरकै शब्दमा यस्ता छन् सर्प समात्दाका रोचक क्षणहरु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।


बहिनीको सुरक्षाका लागि पहिलो सर्प : 
४ बर्षअघि काकाकी छोरी जन्मिएकी थिइन् । काकी र बहिनी बसेको कोठमा सर्प पसिरहेको देखेँ । बहिनी र काकीलाई सर्पले डस्ला भनेर उनीहरुको सुरक्षाका लागि पहिलोपटक सर्प समातेको हुँ । त्यो सर्प झन्डै डेढ मिटर लामो र २ केजी हाराहारीको थियो । सर्प समात्ने बेलामा डर नलागेपनि पछि बाहिर राखिसकेपछि भने डर लागेको थियो । सर्पले आक्रमण गर्न भने खोजको थिएन ।


त्यसपछि गाँउघरमा कतै सर्प देखेँ भने समात्न गइहाल्थे । सर्प जुन अवस्थामा छ, त्यो अवस्था आफुले बिचार गरेरमात्रै समाउने गरेको छु । कुनैबेला प्वालभित्र बसेर बाहिर पुच्छर निकालेको हुन्छ, कहिले प्वालको मुखमा टाउको निकालेर बसेको हुन्छ । सर्पलाई असर नपुग्नेगरी समात्नु कम जोखिम हुन्छ ।

अजिङ्गरदेखि किङ कोब्रासम्म
मैले समान्यदेखि अजिङ्गर र किङ कोब्रासम्मका सर्प समातेको छु । ३ बर्ष अघि झन्डै ८ फिट लामो र ८ कजी हाराहारीको किङ कोब्रा समातेको थिँए । यो सर्प समात्दा सर्पको मुखभित्र ३ वटा औला नै पसेको थियो ।

टोक्न चाँही टोकेन । तर निकै डरलाग्दो थियो । पाल्पाको अर्गौलीमा समातेको थिए । समातेपछि सबै मिलेर त्यो सर्प मारियो । पहिला पहिला समातेका केही सर्प मार्ने गरेपनि अहिले सर्पलाई मार्ने काम बन्द गरेर जोगाउने अभियान शूरु गरेको छु ।

पाल्पा, स्याङ्जा र गुल्मीको संगमस्थल रुरु क्षेत्रनजिक मेरो घर पर्छ । अहिले मैले यी तनि जिल्लामा गएर अनौठो प्रकारका सर्प देखिए वा कसैको घरभित्र पसेका सर्प पनि समात्ने गरेको छु । यस आसपासका स्थानीयहरुले मलाई बोलाउने गरेका छन् ।

सर्पले १ सय पटक टोक्यो
अहिले मलाई एकसय पटक भन्दा बढी सर्पले टोकेको छ, तर मैले कुनै उपचार गराउने गरेको छैन् । सर्पले टोकेपछि एकपटक पनि अस्पताल गएको छैन् । घरेलू उपचार पनि गराएको छैन् । सर्प समात्नका लागि मसँग कुनै उपकरण पनि छैन् । म नाङ्गो हातले नै सर्प समात्ने गर्छु ।

घरमा सबै डराए
मैले यसरी सर्प समात्न थालेपछि शूरुमा परिवारका सदस्यहरु सबै डराए । यस्तो ज्यान जाने काम नगर भनेर धेरै सम्झाए । पछि विज्ञान विषय लिएका दाजुहरु आएर यो राम्रो काम हो भनेर सम्झाउनुभयो । अहिले त सबैजना सकारात्मक हुनुभएको छ । मेरो काम देखेर खुसी हुनुहुन्छ ।

सर्पबाट धेरै कुरा सिकेँ

मैले सर्प समातेपछि केही दिन घरमा ल्याएर राख्ने गरेको छु । सर्पले कसरी खान्छ, के के गर्छ भनेर हेर्ने गरेको छु । सर्पले कसरी फूल पार्छ भन्ने कुरा पनि देखेँ । दुई तीन दिन घरमा राखेर मान्छेभन्दा पर लगेर छोड्ने गरेको छु । कहिले काँही गाँउ ठाँउमा कार्यक्रम हुँदा, महोत्सवहरुमा सर्प प्रर्दशन गरेर सर्पको संरक्षण गर्नका लागि अनुरोध पनि गर्ने गरेको छु ।

जीवनभर सर्प संरक्षण अभियानमा लाग्नेछु
मैले सर्प मार्नुहुँदैन बचाउनुपर्छ, सर्पलाई संरक्षण गर्नुपर्छ भन्ने चेतना जगाउने अभियान शूरु गरिसकेको छु । सर्पले बातावरण र मानिसलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गरिरहेको हुन्छ भनेर सन्देश दिने गरेको छु । मेला, उत्सव, कार्यक्रमहरुमा सर्पलाई प्रर्दशन गरेर संरक्षणको लागि आग्रह गर्दै आएको छु ।

सर्पबाट मानिसलाई पुग्ने फाइदाको बारेमा बताएर सर्प संरक्षण अभियानमा सहयोग पु-याउन आग्रह गर्ने गरेको छु ।पछि अवसर पाएँ भने बाताबरणसँग सम्बन्धित संस्थामा काम गरेर सर्प जोगाउने अभियानलाई अगाडि बढाँउछु । राताेपार्टी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com