यस कारण रोग लुकाउँछन् महिला


प्रकाशित मिति : श्रावण १३, २०७६ सोमबार

समाजमा हुने लाजका कारण आङ अर्थात् पाठेघर खसेका महिला खुलेर अस्पतालमा उपचार गराउन आउन सकिरहेका छैनन् । समाजको लाजसँगै गरीबी र स्वास्थ्यसँग पहुँच नभएका कारण डोटीका अधिकांश पाठेघर खसेका महिला अझै रोग लुकाएर बस्न बाध्य भएका छन् ।

जिल्लामा पटकपटक पाठेघर खसेका महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भए पनि उनीहरु गाउँ समाजमा हुने लाजका कारण उपचार नगराई घरैमा बस्न थालेको जिल्ला अस्पताल डोटीका डाक्टर गिरिष अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “कैयाँैपटक पाठेघर खसेका महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा समाजको लाजका कारण आउनुभएन ।”

जिल्ला अस्पताल डोटीका अनुसार जिल्लामा करीब चार दर्जन पाठेघर खसेका महिला छन् । पाठेघर खसेका बारेमा श्रीमान्लाई भन्दा अर्को विवाह गर्लाकी भन्ने डरले श्रीमान्लाई पनि यो रोगका बारेमा खासै नभन्ने गरेको जोरायल गाउँपालिका– ६ निरौली स्थानीय भागरथी बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “ आफ्ना श्रीमान्लाई भन्दा दोस्रो विवाह गर्ला भन्ने डरले नभन्ने गरेको बुझ्यौँ, श्रीमान्ले सहयोग गरे महिला उपचार गराउन आउने छन् ।”

सन्तान पाएको हप्तादिनभित्रमै महिलाले गहुँङ्गो र कठिन कामकाज गर्ने तथा आराम नगर्ने परम्परा गाउँमा कायमै भएका कारण यहाँका महिलामा बढीजसो आङ खस्ने समस्या देखिएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका डाक्टर ललित लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो, “नानीबाबु पाएका महिलाले धेरै आराम गर्नुपर्ने हो तर यहाँ त्यस्तो रहेनछ, भारी बोक्नेदेखि अन्य काम गर्दा रहेछन् त्यसैले यो समस्या आएको हो ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डोटीलगायत समग्र सुदूरपश्चिमका महिलाले आफ्नो ज्यान नै जोखिममा राखेर पाठेघरको रोग लुकाउने गरेकाले पाठेघरको समस्याले विकराल रुप लिँदै गएको दिपायलका स्थानीय तुलसी शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ज्यान नै खतरमा राखेर महिला रोग लुकाउन थालेका छन्, आफ्नो रोग लुकाए कसरी निको होला र रु” पाठेघरको सहज, सरल र निःशुल्क उपचार हुन्छ भन्ने जान्दा जान्दै पनि समाजको डरका कारण सुदूरपश्चिमेली महिला वर्षौंदेखि पाठेघरको रोग लुकाउन बाध्य भएको सामुदायिक विकास मञ्च ९सिडिएफ० डोटीका संस्थापक अध्यक्ष भक्तबहादुर सिंहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पाठेघरको शल्यक्रिया निःशुल्क हुन्छ, समाजको डरले किन आफ्नो ज्यान खेर फाल्ने, ज्यानभन्दा ठूलो केही छैन ।” पीडित महिलालाई शल्यक्रिया गराउन सके यो रोग हट्नसक्ने संस्थापक अध्यक्ष सिंहको दाबी छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com