‘सोचेको फल प्राप्त गर्न मक्कामदिना’


प्रकाशित मिति : श्रावण २, २०७६ बिहीबार

d’:nLd wdf{nDjL xhsf nflu labfO{ sf7df8f}F, @ ;fpg -/f;;_ M ;fpbL c/asf] dSsfdf xhsf nflu hfg] g]kfnL d’:nLd wdf{nDjLnfO{ laxLjf/ lqe’jg cGt/fli6«o ljdfg:yndf labfO{ ub{} ckmGt . t:jL/M gjLg kf}8]n

अर्घाखाँचीका कदमहिम मियाँ र श्रीमती छली मियाँ पहिलोपटक इस्लाम धर्मका प्रवत्र्तक मोहम्मद पैगम्बरको जन्मस्थल मक्कामदिना जाँदा पाउँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हर्षित देखिनुहुन्थ्यो ।

उक्त पवित्र तीर्थस्थल जाने पहिलेदेखिको इच्छा पूरा हुन लागेकामा उहाँहरु निकै खुशी देखिनुहुन्थ्यो । “इस्लाम धर्मका जन्मदाता पैगम्बरको ठाउँमा गएर नमाज पढ्न र कुर्वानी ९बलि० दिन पाउने भएपछि खुशी लागेको छ”, कदमहिमले भन्नुभयो, “त्यहाँ गएर आफूले सोचको फल प्राप्त हुनाका साथै मनमा शान्ति मिल्छ ।”

नेपाल सरकार र नेपाल हज समितिको सहयोगमा उनीहरू जस्तै १५६ जना त्यसतर्फ गएका छन् । मक्का पैगम्बरको जन्मस्थल हो भने मदिना उहाँको समाधिस्थल हो । मुसलमान समुदायले ती ठाउँमा गएर नमाज पढे र कुर्वानी दिए विगतमा गरिएका पाप कट्ने धार्मिक विश्वास छ ।

जीवनको महत्वपूर्ण इच्छा मक्कामदिना गएर पूरा हुने बताउँदै काठमाडौँ जोरपाटीका मोहम्मुव अलिखानले यसअघि कुनै पाप गरिएको रहेछ भने त्यो कटाउनका लागि पनि आफू त्यहाँ जान लागेको जानकारी दिनुभयो । “मक्कामदिनामा गएर आफू शुद्ध भइन्छ । जसरी आमाको पेटबाट पहिलोपटक बच्चा जन्मिँदा शुद्ध हुन्छ मक्कामदिनामा गएपछि त्यसरी नै शुद्ध भइन्छ”, उहाँले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरुजस्तै यस वर्ष पनि विश्वभरका ५० लाख इस्लाम धर्मालवम्बी हज गर्नका लागि मक्कामदिना जाँदैछन् । हज समितिका सदस्य मोहम्मद इद्रिस मियाँले यही साउन २३ गतेदेखि हज शुरु हुने बताउनुभयो । हजयात्रीले मक्कामा रहेको ‘कावा सरिफ’मा पाँच दिन हज हरी कुर्वानी दिने गर्छन् । धेरै मानिस आउने हुँदा व्यवस्थापन गर्न समस्या हुने भएकाले पहिल्यै हजयात्रीहरु मक्कामदिनातर्फ जाने गरेको उहाँको भनाइ थियो ।

साउन २३ गतेदेखि पाँच दिनसम्म प्रत्येक हजयात्रीले खसी, बोका, भेडालगायत पशुलाई कुर्वानी दिन्छन् र त्यसपछि ४५० किलोमिटर टाढा मदिनामा १० दिनका लागि हजयात्री जाने गर्छन् । त्यहाँ रहँदा हजयात्रीले नमाज पढ्छन् । दिनको पाँच पटकका दरले आठ दिनसम्म ४० पटक नमाज पढ्ने गरेको हज समितिका सदस्य मियाँले बताउनुभयो ।

यसैगरी रुपन्देहीका मनोवर हुसेन तेस्रोपटक मक्कामदिना जादैछन् । यसअघि दुईपटक पुगेर आइसक्नुभएका हुसेनले त्यहाँ पुगेर नमाज पढ्दा आफ्ूले सोचेको पुगेको बताउनुभयो । “मक्कामदिनामा अल्लाहलाई ध्यान गरेर बस्यौँ भने मनमा शान्ति हुन्छ”, उहाँले भन्नुभयो, “त्यहाँ पुगेर नमाज पढियो भने जति पाप गरेको छ, त्यो सबै माफ हुन्छ ।” एक तीर्थ यात्रीलाई रु दुई लाख ३० हजार दिनाका साथै नेपाल हज समितिले सम्पूर्ण खर्चको व्यवस्थापन गर्दै आएको छ ।

हज समितिका अध्यक्ष शमशेर मियाँले हजयात्रीको सहजताका लागि आफूहरुले सम्पूर्ण व्यवस्थापन गर्दै आएको बताउनुभयो । उहाँले मक्कामदिनामा रहँदा खाने, बस्ने र यात्रा गर्ने सबै व्यवस्था हज समितिले नै गर्ने जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्ष नेपालबाट एक हजार २६० हजयात्री मक्कामदिना जानेछन् । हजयात्री ४२ दिनसम्म त्यहाँ रहनेछन् । हजयात्रीलाई बिदाइ गर्न गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र शहरी विकासमन्त्री मोहम्मदइस्तियाक राई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।

सोही अवसरमा गृहमन्त्री थापाले ३०० नेपाली हजयात्रीलाई व्यवस्थापन गर्नका लागि त्यहाँको सरकारसँग अनुरोध गरिएको जानकारी दिनुभयो । साउन ९ गतेसम्म सबै हजयात्रीलाई मक्कामदिना पठाइने अध्यक्ष मियाँको भनाइ थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com