जहाजको कतातिरको सिट सबैभन्दा सुरक्षित ?


प्रकाशित मिति : श्रावण १, २०७६ बुधबार

जहाजको कतातिरको सिट सबैभन्दा धेरै सुरक्षित हुन्छ भन्ने विषयमा प्राय यात्रुहरु जिज्ञासु हुन्छन् । किनभने यात्रुहरु सिट छनौट गर्ने क्रममा यो विषयमा अन्यौल समेत हुने गर्छन् ।

डच एयरलाइन्सको क्षेत्रीय कार्यालयले एउटा ट्वीट गर्दै जहाजको पछाडितिरका सिटहरु सबैभन्दा सुरक्षित हुने जनाएको छ । टाइमको अध्ययनलाई उद्धृत गर्दै बीचभागका सिटहरुमा मृत्युदर सबैभन्दा धेरै हुने भएकोले जहाजको बीचभागका सिटहरु धेरै जोखिमपूर्ण हुने जनाइएको छ । बीचको तुलनामा अगाडि पट्टीका सिटहरु सुरक्षित हुने भएपनि सबैभन्दा सुरक्षित भने पछाडिका भागका सिटहरु हुने जनाइएको छ ।

पछि उक्त ट्वीट हटाइएको छ । एयरलाइन्सले उक्त कुरा अध्ययनमा आधारित रहेको र आफूहरुको धारणा नरहेको जनाएको छ ।

टाइम म्यागाजिनले सन् २०१५ मा एउटा रिपोर्ट प्रकाशित गर्दै जहाजको पछाडिपट्टीका बीचका सिटहरु सबैभन्दा धेरै सुरक्षित रहेको जनाएका थियो । सन् १९८५ पछिका दुर्घटनाहरुलाई आधार बनाएर उक्त रिपोर्ट प्रकाशित गरिएको थियो । सबैभन्दा अगाडितिरका सिटमा मृत्युदर ३८ प्रतिशत, बीचका सिटमा मृतयुदर ३९ प्रतिशत र पछाडिका सिटमा मृत्युदर ३२ प्रतिशत रहेको रिपोर्टमा जनाइएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com