तपाईका यी भिसाको अवधि सकिदैछन् ? अनलाइनबाटै दिनुहोस् आवेदन


प्रकाशित मिति : कार्तिक ६, २०७६ बुधबार

यदि तपाई अमेरिकामा निश्चत प्रकारका एच, एम, एफ, बी भिसामा हुनुहुन्छ र तपाईको भिसाको अवधि सकिन लागेको छ भने तपाईले भिसा थप्नका लागि अनलाइनबाटै आवेदन दिनसक्नुहुनेछ । अनलाइनबाटै आवेदन दिंदा कागजी आवेदनको तुलनामा प्रकृयाका लागि छिटो लाइनमा बस्ने र कागजीपत्र विना नै सिधा सम्पर्क हुने युएससीआईएसले जनाएको छ ।

भिसा थप्नका लागि वा स्टाटस परिवर्तन गर्नका लागि आवश्यक फर्म आई ५३९ अनलाइनमार्फत नै भर्न सकिन्छ । तर त्यसका लागि सहआवेदक वा कानुनी प्रतिनिधि नभई आफै एकल आवेदकका रुपमा फाइल गर्नुपर्नेछ ।

बी वान र बी टु भिसामा रहेका एकल आवेदकले भिसाको अवधि थप्न अनलाइनबाट आवेदन दिनसक्छन् । त्यस्तै विद्यार्थी भिसा एफवान वाहक तथा उनीहरु एफ टु डिपेन्डेन्टको भिसा सकिने निश्चित मिति तोकिएको छ भने उनीहरुले अनलाइनमार्फत भिसा थप्नका लागि आवेदन दिनसक्छन् । एचफोर, एम वान र एम टु भिसा वाहकले पनि अनलाइनमार्फत आवेदन दिनसक्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एच फोर, एफ टु र एम टु भिसा वाहकको हकमा उनीहरुमो भिसा सकिने मिति प्राथमिक भिसा वाहकको तुलनामा फरक छ भने उनीहरुले अनलाइनमार्फत एकल आवेदन दिनसक्नेछन् । तर एउटै छ भने सहआवेदकका रुपमा कागजी फाइल गर्नुपर्नेहुन्छ ।

अनलाइनबाट आवेदन दिंदा सहजै अनलाइनमै आवदेन भर्न र पठाउन सकिन्छ भने शुल्कपनि अनलाइनबाटै तिर्न सकिन्छ । आवेदन प्राप्त गरिसकेपछि युएससीआईएसले बायोमेट्रिकका लागि मिति तय गरेर पत्र पठाउँछ । आफ्नो आवेदनको अवस्था अनलाइनबाटै चेक गर्न सकिन्छ भने ठेगाना पनि परिवर्तन गर्न सकिन्छ । त्यतीमात्र नभई थप कागजात पनि अनलाइनमार्फत नै बुझाउन सकिन्छ ।

अनलाइनबाट फाइल गर्न यहाँ क्लिक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com