बाढीले बनाएको विजोग (फोटो फिचर)


प्रकाशित मिति : असार ३०, २०७६ सोमबार

अविरल वर्षापछि आएको बाढीले काठमाडौँको कुलेश्वरमा रहेको ओरेन्टल कोलोनी डुबानमा परेपछि सुरक्षाकर्मीले डुंगा प्रयोग गरेर बाढीमा फसेका सर्वसाधारणको उद्धार गरेका थिए । बाढी आएको चार दिन बितिसक्दा पनि घरका भुइँतलामा हिलो जमेका कारण त्यहाँका सर्वसाधारण अझै सकस व्यहोरिरहेका छन् । त्यहाँका बासिन्दा अहिले घर कसरी र कहाँबाट सफा गर्ने भनेर अलमलिरहेका छन् । बाढीका कारण भुइँतलामा भएका खाद्यान्यलगायत, लुगाफाटो भिजेर काम नलाग्ने अवस्थामा पुगेको छ । अहिले पनि त्यहाँका बासिन्दा आफन्तका घरमा बसिरहेका छन् भने उनीहरू नियमित काममा लाग्न सकिरहेका छैनन् ।

फोटो : दीपेन्द्र ढुंगाना

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com