KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

चुरा, पोते र मेहन्दी व्यापारीलाई भ्याइनभ्याई

प्रकाशित मिति : असार ३०, २०७६ सोमबार

साउनको आगमनसँगै लहानमा हरियो चुरा, पहेँलो पोते र मेहन्दी किन्ने चटारो हिन्दू समुदायका महिलामा शुरु भएको छ । हिन्दू महिलाले साउन महीनाभरी हरियो चुरा, पोते, मेहन्दी, हरियो साडी, हरियो नङ्गपालिस लगाएर श्रीमान्को लामो आयु तथा दीर्घायुको कामना गर्ने गरिन्छ ।

सगरमाथा अञ्चलको प्रमुख व्यापारी केन्द्रका रुपमा परिचित लहान बजारमा हरियो चुरा, पोते र मेहन्दी व्यापारीलाई भ्याइनभ्याई छ । अबिवाहित युवतीहरुले असल बर पाउन हरियो चुरा मेहन्दी लगाएर व्रत बसी भगवान शिवको व्रत बस्ने गर्ने र शिव मन्दिरमा पूजाआजा गर्ने गर्छन् । असार महीनामा खासगरी अधिकांश हिन्दू महिलाले हरियो चुरापोते र मेहन्दी लगाउने स्थानीय व्यापारी मो एजाजुलले बताउनुभयो ।

उहाँका अनुसार कतिपयले यसको धार्मिक महत्व बुझेर नै लगाउने गरे पनि कतिपय महिलाले देखासिखी र लहैलहैमा पनि हरियो चुरा, पोते तथा मेहन्दी लगाउने गरेका छन् । साउनमा बोटबिरुवा पलाएर हरियाली छाउने र महिलाले पनि हरियो बस्त्र धारण गर्दा सुन्दर देखिने भएकाले साउन महीनामा हरियो चुरा, पोते, हरियो कपडा र मेहन्दी लगाउने गरेको सञ्जुकुमारी मण्डलको भनाइ छ ।

हरियो रङ्गलाई समृद्धिको प्रतीक पनि भनिने भएकाले हिन्दू महिला श्रीमान्को समृद्धि होस् भनेर खासगरी सुहागन महिलाले हरियो चुरा, पोते र मेहन्दी लगाउने गरेको पण्डित रामकुमार शास्त्रीले बताउनुभयो ।

साउन महीनामा हरियो चुरा, पोते र मेहन्दीको बढी बिक्री हुने गरेको व्यवसायी बताउँछन् ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral
Magazine Layout: Deel Gurung

Contact Us

© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com