Follow @khasokhasmag

  अमेरिकाका विभिन्न शहरमा यूवा गायक नरेन लिम्बूको प्रस्तुति 


प्रकाशित मिति : माघ २९, २०७३ शनिबार

विजय थापा,वाशिंगटन डीसी 
 
अमेरिका का बिभिन्न राज्यहरुमा यूवा गायक नरेन लिम्बूको सांगीतिक प्रस्तुति हुने भएको छ l केटिएम इन्टरटेनम्नेट तथा गोर्खाली फाउन्डेसन नामक संस्थाहरुको सयुक्त आयोजना उक्त कार्यक्रम हुने भएको छ 
 
नरेन लिम्बुले गाएका प्रख्यात गीतहरु भन्न आउदैन ,अन्तिम माया ,तिमि आउन ,भन्न आउदैन २ ,हरपल ,आत्मा मा ,गार्हो छ ,के साह्रो भाको,सुन तथा नेपाली ठिटो जस्ता गीतहरु निकै चर्चामा छन् l 
 
उनलाई साथ दिने ब्याण्ड (संगीत मण्डली )दि बिट्समा गिटारमा रोकेश गुरुङ ,लीड गितारमा बिष्णु गुरुङ ,ड्रममा रेन्जी शेर्पा तथा बासमा टासी गुरुङ रहने छन् l 
 
अमेरिकामा उनको प्रस्तुति आगामी फेब्रुअरी १७ तारिख बोस्टन तथा फेब्रुअरी २५ तारिख न्युयोर्कमा हुने तय भएको छ भने टेक्सस ड्यालस ,सन् फ्रान्सिस्को ,बाल्टिमोर ,भर्जिनिया तथा अन्य शहरहरुमा पनि कार्यक्रम राखिने भएको छ l
 
 
बिस्तृत जानकारीको लागि रोकेश गुरुङ संग १ (३०१ )९१५-५०६८ मा सम्पर्क गर्न सकिने छ l 
© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com