प्रमाणपत्रमा , विभागदेखि वडासम्म बिचौलियाकै भीड


प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार

भवन निर्माण इजाजतविपरीत निर्माण भएका घरलाई निर्माण सम्पन्नता प्रमाणपत्र दिलाउन विचौलियाको चलखेल राजधानीमा तीव्र बढेको छ ।

प्रमाणपत्र दिने निकायले विचौलियालाई हकार्दै कार्यालय परिसरबाट धपाउँदै आए पनि घरधनी नै विचौलियाको शरणमा पुगेपछि काम गर्न असजिलो भएको महानगरपालिका अधिकारीहरू बताउँछन् ।

काठमाडौँ महानगरपालिका भवन निर्माण इजाजत विभागका विभागीय प्रमुख एवम् आर्किटेक्ट इन्जिनियर सुरज शाक्य भन्नुहुन्छ, ‘‘घरधनी नै विचौलियालाई प्रमाणपत्र ल्याइदेऊ भनेर पठाउँछन् । बिचौलिया आएपछि काम गर्न सजिलो हुँदैन । विचौलिया राख्नै पर्दैन, बिना विचौलिया घरधनी स्वयं उपस्थित भएर धेरैले प्रमाणपत्र लगिसकेका छन् । तर यो मानिसकिता हटेको छैन । ’’

महानगरले इजाजतविपरीत बनेका घरहरूलाई जरिवाना लिएर निर्माण सम्पन्न दिनसक्ने व्यवस्था गरेको छ । यसैलाई टेकेर विचौलियाहरू सलबलाएका छन् । महानगरको यो पछिल्लो सुविधाबारे थाहा नहुनेहरू विचौलियासम्म पुग्ने गरेका छन् । यस्तो सुविधा असार मसान्तसम्म मात्र छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यही सुविधा प्रयोग गरेर प्रमाणपत्र लिनेको चाप बढेसँगै बिचौलियाहरूको चलखेल व्यापक देखिएको महानगरम सेवा लिन आउनुभएकी सिर्जना शर्मा बताउनुहुन्छ ।

उहाँ भन्नहुन्छ, ‘‘विभागदेखि वडावडासम्म बिचौलियाकै भीड हुन्छ, बिचौलिया बढेपछि हाम्रा कुरा सुनाउन पनि कठिन भयो र काम पनि ढिलो । ’’ विगत १५ दिनदेखि महानगर धाए पनि अझै प्रमाणपत्र लिन समस्या भएको उहाँ सुनाउनुहुन्छ ।

असार महिनाको अन्त्य हाराहारीसँगै अहिले सम्पन्नता प्रमाणपत्र लिन चाहनेको चाप बढेकाले भवन इजाजत विभागका कर्मचारी तथा वडाका इन्जिनियरहरू दिनभर नै व्यस्त छन् । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com