क्रिप्टोकरेन्सी मुद्रा होइन – अमेरिकी राष्ट्रपति ट्रम्प


प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार

एएफपी/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टोकरेसीमा आफूलाई विश्वास नरहेको बताउनुभएको छ । उहाँले क्रिप्टोकरेन्सी मुद्रा होइन भन्दै यस मुद्राको व्यापार गर्न चाहनेहरु बैंकिङ नियमनको दायरामा आउनुपर्छ भन्नुभयो । राष्ट्रपति ट्रम्पले बिहीबार ट्वीट गर्दै “मलाई बिट्क्वाइन र अरु किसिमका क्रिप्टोकरेन्सीमा विल्कुलै विश्वास छैन, र यो मुद्रा होइन । यस्ता मुद्राको मूल्य निकै अस्थिर र अनुमानयोग्य छैन” भन्नुभयो ।

विद्युतीय प्रकृतिको भएकाले लगभग पत्ता लगाउन नसकिने यस्ता क्रिप्टोकरेन्सीले अवैध कृयाकलापलाई प्रश्रय दिन सक्ने पनि उहाँले बताउनुभयो । क्रिप्टोकरेन्सी विश्वका केन्द्रीय वा बैंकिङ प्रणालीमा आबद्ध नभई इन्टरनेट मार्फत एकापसमा गरिने कारोबार हो र यो एक किसिमको डिजिटल मुद्रा हो ।

सन् २००९ मा बिट्क्वाइन प्रारम्भ भएपछि क्रिप्टोकरेन्सी विश्वभर तिब्र गतिमा फैलिएको छ । फेसबुकले पनि गत महिना आफ्नै लिब्रा नामको क्रिप्टो मुद्रा प्रचलनमा ल्याउने घोषणा गरेपछि यसले विश्वका बैंकिङ नियामकहरुमाझ अझ चर्चा पाएको छ । करिब दुई अब प्रयोगकर्ता भएको फेसबुकले सन् २०२० मा लिब्रालाई अरु साझेदार समेतको सहकार्यमा प्रचलनमा ल्याउने घोषणा गरेको छ । यसले विश्वको वित्तीय कारोबारलाई नै प्रभावित तुल्याउने अनुमान गरिएका छन् ।

तर राष्ट्रपति ट्रम्पले फेसबुक र अरु कम्पनीले क्रिप्टोकरेन्सी प्रारम्भ गर्दा अमेरिकी र अन्तर्राष्ट्रिय बैंकिङ नियमन प्रणाली दुबैलाई स्वीकार गर्नुपर्ने चेतावनी दिनुभयो । “संयुक्तराज्य अमेरिकामा एउटा मात्र वास्तविक मुद्रा (अमेरिकी डलर) छ, र यो विगतको भन्दा बढी मजबूत छ ।” विश्वका प्रमुख औद्योगिक मुलुकहरुको समूह जी–७ का अर्थ मन्त्रीहरुको फ्रान्समा बस्न लागेको बैठकमा क्रिप्टोकरेन्सीका बारेमा पनि छलफल हुने तयारी हुँदैछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कतिपय अमेरिकी नेताहरुले फेसबुकको लिब्रा परियोजनालाई पूर्ण रुपमा बन्देज लगाउनुपर्ने माग समेत गर्न थालेका छन् । फेसबुकले मानिसका दैनिक जीवनका आवश्यकता पूरा गर्न लिब्रा सार्वजनिक गर्न चाहेको जनाएको छ । विकासशील मुलुकहरुमा भने लिब्रालाई बैंकिङ, क्रेडिट कार्ड र ई–कमर्शका रुपमा पनि प्रयोग गर्ने फेसबुकको तयारी छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com