ललितपुरबाट लखेटिए मन्त्री पण्डित


प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार

  • संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितमाथि आक्रमण प्रयास भएको छ । ललितपुरको जावलाखेलमा आदिवासी जनजाति युवाको समूहले शुक्रबार मन्त्री पण्डितमाथि हुलहुज्जत गर्नुका साथै आक्रमण प्रयास गरेको हो ।
  • आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषद बैठकको अध्यक्षता गर्न पुगेका बेला एक समूहले बैठक स्थलमै प्रवेश गरी मन्त्री पण्डितमाथि दुव्र्यवहार गरेको हो । उनीहरुले मन्त्री पण्डितलाई बैठकस्थलबाटै भाग्न बाध्य पारे ।

    बैठकस्थल बाहिर कालो झण्डासहित उपस्थित सो समूहले मन्त्री पण्डितको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए ।  उनीहरुले समावेशी सिद्धान्त विपरीत खुलाइएको लोकसेवा आयोगको विज्ञापन खारेजीको समेत माग गरे । आदिवासी जनजाति सम्वद्ध संघसंस्थाले लोकसेवा विज्ञापन असमावेशी भएको भन्दै खारेजीको माग गरेर आन्दोलन जारी राखेका छन् ।

    प्रहरी स्रोतका अनुसार उनीहरु नाराबाजीसहित बैठक स्थल प्रवेश गरेपछि मन्त्री पण्डितलाई नेपाल आर्मी र प्रहरीका अंगरक्षकले सशुकल कार्यक्रमस्थलबाट भगाएर पुलकोचकस्थित मन्त्री क्वार्टरतिर लगेका थिए । मन्त्री भागेपछि प्रतिष्ठानको बैठकसमेत स्थगित भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com