बिवाहमा आत्मघाती आक्रमण, पाँच सर्वसाधारणको मृत्यु


प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार

एएफपी/अफगानिस्तानको पूर्वी क्षेत्र नान्गाहार प्रान्तको पाचिरागाम जिल्लामा भइरहेको एक बिवाह समारोहमा भएको आत्मघाती आक्रमणमा परी पाँच सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य कैयौँ घाइते भएका छन् ।

एक सरकारी अधिकारीले एएफपी समाचार समितिलाई उक्त जानकारी दिएका छन् । सर्वसाधारण नागरिकको हत्या नगर्ने दाबी गर्दै आएका तालिबान लडाकू समूहले उक्त आक्रमणको जिम्मा लिन अस्विकार गरेका छन् ।

पाकिस्तानको सीमा क्षेत्रसँग नजिकै रहेको यस इलाका इस्लामिक स्टेट्स ९आइएस० लगायतका आतङ्ककारी संगठनको बासस्थानका रुपमा पनि चिनिन्छ । यस आतङ्ककारी संगठनले यसअघि पनि बारम्बार आक्रमण गर्दै आएका बताइन्छ ।

स्थानीय समयानुसार शुक्रबार बिहान ८ बजे आत्मघाती बम बोकेका एक आक्रमणकारीले बिवाह समारोहमा विस्फोट गराएको नान्गाहार प्रान्तका गभर्नरका प्रवक्ताले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस आक्रमणमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४० घाइते भएका प्रवक्ताले बताउनु भएको छ । पाचिरागम जिल्ला गभर्नर हज्रात खान खाक्सारले शुरुमा यस आक्रमणमा परी १४ व्यक्तिको मृत्यु हुनुको साथै १४ घाइते भएको जानकारी दिनु भएको थियो ।

उक्त जिल्लामा बस्ने अफगान सरकार समर्थित लडाकूहरुका एकजना कमाण्डर मालिक टुरको घरमा सो आत्मघाती आक्रमण भएको अफगानिस्तानका एक स्थानीय अधिकारीले जानकारी दिएका छन् । के कति कारणले सो आक्रमण भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको बताइएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com