२ नेपाली बालकको बलात्कार अभियोगमा हाईप्रोफाइल क्यानेडियनलाई १६ बर्ष जेल


प्रकाशित मिति : असार २३, २०७६ सोमबार

दुई नेपाली बालकलाई बलात्कार गरेको अभियोगमा क्यानेडियन सहायताकर्मीलाई १६ बर्षको जेल सजाय तोकिएको छ । बालबालिकाको पक्षमा दशकौंदेखि वकालत गर्दै आएका क्यानेडियन सहायताकर्मी पिटर डालग्लीसलाई काभ्रेको कार्तिकेमा  १२ र १४ बर्षका दुई बालकलाई बलात्कार गरेको अभियोगमा मुद्दा चलाइएको थियो ।

अदालतले प्रत्येक पीडित बालकलाई ५ हजार डलर क्षतिपूर्ति तिराउने समेत फैसला गरेको छ ।

सोमबार नेपाली अदालतले उनलाई ९ बर्षको जेल सजाय तोकेपनि ६२ बर्षका उनले अदालतको फैसलाको पुनरावेदन गर्ने नगर्नेबारे स्पष्ट छैन । उनलाई विगत १ बर्षदेखि हिराशतमा राखेर मुद्दा चलाइएको थियो । पिटर डालग्लीसको मुद्दाको प्रतिनिधित्व राहुल चापागाईले गरेका छन् ।

नेपालमा च्यारिटीको क्षेत्रमा काम गरिरहेका कैयन विदेशी सहायताकर्मीहरु बालयौन शोषणको अभियोगमा प्रक्राउ परिरहेका छन् । तीमध्ये कतिपयले बालबालिकालाई खाद्यान्ह, पैसा र कपडाको लालच देखाउने गरेका थिए ।

क्यानेडियन नागरिक पिटर डालग्लीस ओन्टारियोका कानुन व्यवसायीमात्र नभई क्यानडाको चर्चित अवार्ड अर्डर अफ क्यानडा प्राप्त गर्ने व्यक्ति समेत हुन् ।संवेदनशिल अवस्थामा रहेका बालबालिकाको सहायता र उद्दारका क्षेत्रमा समेत चर्चित उनले बर्षौदेखि विश्वभरका घरबारविहिन जवानहरुलाई स्ट्रीट किड इन्टरनेशनल मार्फत सहयोग गर्दै आएका थिए ।

उनी सन् २००२ देखि नेपालमा बस्दै आएका थिए भने उनले नेपालमा गएको महाभूकम्पपछि घरहरु पुननिर्माणका लागि परिवारहरुलाई सहयोग समेत गरेका थिए ।

गतबर्षको अप्रिलमा गाउँका दुईजना बालकलाई पटकपटक बलात्कार गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । अनुसन्धानकर्ताहरुले उनको साथबाट बालबालिकाका नांगा तस्वीरहरु समेत बरामद गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com