सप्तकोशीमा हामफालेका आमाछोराको जीवितै  उद्धार, दुई छोरी र एकछोरा अझै बेपत्ता


प्रकाशित मिति : असार २१, २०७६ शनिबार

सप्तकोशी नदीमा हामफालेका आमा र छोराको प्रहरीले उद्धार गरेको छ । सिरहाको गोलबजार नगरपालिका–८ गोविन्दपुरकी ३५ वर्षीया रोशना खातुन र उनका पाँच वर्षीय छोरा तहसिलको जीवितै उद्धार गरिएको हो ।

चार छोराछोरीसहित खातुनले गए राति हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित सप्तकोशीमा हामफालेकी थिइन् । खातुनका १२ र सात वर्षीय छोरा तथा दुई वर्षीया छोरी अझै बेपत्ता छन् । प्रहरी र स्थानीयवासीले तीनैजनाको खोजी गरिरहेको छ ।

बगेर तीन किलोमिटर टाढा पुगेकी खातुनलाई आज उद्धार गरिएको हो । उनको भारदहस्थित अस्पतालमा उपचार भइरहेको छ । पानीको बहाव अत्यधिक भएकाले खोजी गर्न कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com