कल्पना धमला र देवेन्द्र पराजुली लगायत नेकपामा प्रवेश, सबै कम्युनिष्टलाई नेकपामा आउन प्रचण्डको आग्रह


प्रकाशित मिति : २० असार २०७६, शुक्रबार

kf6L{ k|j]z sfo{qmd sf7df8f}F, @) c;f/ -/f;;_M g]kfn sDo’lgi6 kf6L{ -g]skf_ sf cWoIf k’iksdn bfxfn …k|r08Ú z’qmaf/ kf6L{ sfof{no w”Daf/fxLdf cfof]lht kf6L{ k|j]z sfo{qmddf dGtJo JoQm ub}{ . t:jL/ M rGb|snf If]qL

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनलाई सफल बनाउन सबै कम्युनिष्ट नेकपामा एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।

नेकपाको पार्टी मुख्यालय धुम्रबाराहीमा आज पार्टी प्रवेश कार्यक्रममा उहाँले मोहनविक्रम सिंहदेखि नारायणमान बिजुक्छे ‘रोहित’ सम्मका कम्युनिष्ट नेतालाई नेकपामा समाहित भई मुलुकको विकास निर्माणमा लाग्न आग्रह गर्नुभयो ।

उहाँले नवप्रवेशीलाई आफ्नै घरमा फर्किको भन्दै पार्टी प्रवेश गर्नु सबै खाले षडयन्त्रमाथि एउटा प्रतिवाद प्रतिनिधित्व गरेको समेत बताउनुभयो । उहाँले पार्टीमा के सम्मान गरे भने सबै कम्युनिष्ट आउँछन् सो आफूले गर्ने बताउनुभयो ।

“जो जो जहाँ भए पनि वर्षौदेखिको स्कुलिङको कारण एउटै निष्कर्षमा आउँदा रहेछाँै भन्ने पार्टी एकताबाट महसुस भएको छ”, उहाँले भन्नुभयो, “बाँकी रहेका कम्युनिष्ट पार्टीका नेतालाई पनि छिटोभन्दा छिटो समाहित हुन आग्रह गर्दछु, अब ढिला हुन्छ ।” उहाँले पार्टीमा समाहित हुनका लागि पुराना पुस्ताका केही नेतालाई कसरी सम्झाउने भन्ने चिन्ता लाग्ने गरेको बताउनुभयो ।

“हामीलाई शुरुमा प्रशिक्षित गर्ने मोहनविक्रम सिंह, चित्रबहादुर केसीलाई के र कसरी सम्मान गर्ने होला र के सम्मान गरेदेखि राष्ट्रको एकता र कम्युनिष्ट आन्दोलनको निम्ति आउनुहोला भनेर चिन्ता लागि राख्छ”, उहाँले भन्नुभयो, “राष्ट्रको स्वतन्त्रता र स्वाधिनतालाई सुदृढ गर्न र कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन उहाँलाई के सम्मान गरेदेखि उहाँहरु खुशी हुुनुहुन्छ । उहाँलाई के भन्न मन लागेको छ त्यो भन्न वातावरण यही पार्टीमा दिन हामीले कुनै कन्जुस्याइँ गर्ने छैनौँ तर उहाँहरु आउनुप¥यो ।”

उहाँले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ पनि एउटा धारा भएकोले नेकपामा आउनुपर्ने बताउनुभयो । “उहाँलाई पनि के सम्मान गरेदेखि कम्युनिष्ट आन्दोलनलाई एकै ठाउँमा ल्याउने र राष्ट्र बनाउने सबै मिलेर विकास र समृद्धिमा लैजानका लागि के गरे ठीक हुने हो उहाँले हामीहरुलाई भनिदिए हुने हो”, उहाँले भन्नुभयो ।

अध्यक्ष दाहालले मोहन बैद्य पनि पार्टीमा आउनुपर्ने भन्दै उहाँलाई कसरी बुझाउने भन्नेमा आफूलाई चिन्ता रहेको बताउनुभयो । यस्तै उहाँले नेत्रविक्रम चन्द ‘विप्लव’लाई पनि कम्युनिष्ट पार्टीको बहुमतको सरकार भएको बेला समाजिक न्याय, समृद्धिका पक्षमा लाग्न आह्वान गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेता दाहालले डा बाबुराम भट्टराईको वौद्धिकता अन्त गएर कहिँ पनि सकारामत्क परिणति नदेखिने भन्दै नेकपामा प्रवेश गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “कम्युनिष्ट आन्दोलनसँग मात्र जोडिएर उहाँको बौद्धिकताको अर्थ हुन्छ । जतिबेला उहाँ कम्युनिष्ट पार्टीमा हुनुहुन्थ्यो त्यतिबेला उहाँको धेरै नै महत्व र भूमिका थियो ।”

सबैभन्दा अग्लो टाकुरामा कम्युनिष्टको दुई तिहाइ सरकार जुन समृद्धि र विकासको नारा लिएर अगाडि जाने कुरा प्रतिक्रियाका लागि सहिनसक्नु अवस्था भएकोले षडयन्त्र भइरहेको उहाँको भनाइ छ ।

कम्युनिष्ट पार्टीभित्र झगडाको आविष्कार गरेर तिललाई पहाड बनाउन खोजिएको भन्दै उहाँले त्यस्ता हल्लाका पछि नलाग्न आग्रह गर्नुभयो । नेपालको शान्ति प्रक्रिया विश्वको सफल शान्ति प्रक्रिया भएकोले यसलाई एक थरीले भाड्न लागीपरेको उहाँको तर्क थियो ।

कार्यक्रममा तत्कालीन नयाँ शक्ति पार्टीका नेता तथा पूर्वविज्ञान तथा प्रविधिमन्त्री कल्पना धमला, नेता देवेन्द्र पराजुली, भूमि देवकोटा, गुणाखर भुसाल, मनु हुमागाईंलगायत नेकपामा प्रवेश गर्नुभएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com