मुलुकलाई फाइदा हुने भएमात्र आइफा अवार्ड नेपालमा : प्रधानमन्त्री ओली


प्रकाशित मिति : असार २०, २०७६ शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आइफा अवार्ड कार्यक्रम मुलुकलाई राम्रो, फाइदाजनक र भ्रमण वर्षलाई उपयोगी हुने भएपछि मात्र आयोजना गर्न दिइने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले अनुकूल स्थिति भयो भने मात्र कार्यक्रम आयोजना गर्ने दिइने बताउँदै भन्नुभयो, ‘‘ देशलाई घाटा पारेर होइन नाफा हुने गरी हामी आयोजना गर्न दिन्छौँ । भएन भने त्यसलाई आयोजना गर्न दिँदैनौ ।’’

उहाँले आइफा अवार्ड मन्त्रिपरिषद्ले गरेको निर्णयमा न्यून लागतमा धेरै प्रतिफल प्राप्त गर्ने गरी आयोजना स्वीकृत दिने भन्ने कुरा भएको उल्लेख गर्दै भन्नुभयो, ‘‘सरकारले अवार्डका लागि अर्बौ खर्च गर्ने भन्ने हावा कुराहरु चलाइएका छन् । सरकारले गर्ने भन्ने निर्णय गरिसकेको छैन ।’’उहाँले आगामी वर्ष २० लाख पर्यटक भित्र्याइने लक्ष्य रहेको उल्लेख गर्दै त्यसलाई सफल हुन नदिनका लागि अहिले आइफा अवार्डको हल्ला चलेको बताउनुभयो ।

यहाँ विकास विरोधी तत्व रहेकाले ठूला आयोजनालाई अवरोध गरिरहेका छन् भन्दै उहाँले त्यस्ता षड्यन्त्रलाई निस्तेज पार्दै आयोजना समयमा नै सम्पन्न गरिने दृढता व्यक्त गर्नुभयो ।

पार्टी प्रवेश गरेकाहरुलाई पार्टीमा उचित जिम्मेवारी समेत दिइने बताउनुभयो । उहाँले दुई वटा पार्टीका पृथक पृथक धार भएकाले पार्टी एकतामा केही विलम्ब भएको बताउनुभयो । ‘‘एकता टुङ्ग्याउनका लागि केही कमजोरी रहेको छ’’ उहाँले भन्नुभयो, ‘‘ एकता विलम्ब उपयुक्त छैन । यस महिनाभित्र पार्टी एकताको काम सक्दै कार्यविभाजनसमेत गरिने छ ।’’ उहाँले नेकपा विशाल नदी भएकाले यसबाट केही भङ्गालाहरु छुट्टिए पनि पुनः नदीमै आएर मिसिने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्री ओलीले दुई तिहाइ ओगटेको नेकपामा बाबुराम भट्टराई मात्र हैन सिङ्गै समाजवादी पार्टी पनि अट्नसक्ने स्पष्ट गर्नुभयो । कार्यक्रममा तत्कालीन नयाँ शक्ति पार्टीका नेता तथा पूर्वविज्ञान तथा प्रविधिमन्त्री कल्पना धमला, नेता देवेन्द्र पराजुली, भूमि देवकोटा, गुणाखर भुसाल, मनु हुमागाईंलगायत नेकपामा प्रवेश गर्नुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com