जिल्लाको पहिलो रग्बी क्लब चितवन वारीअर्स को सुखद यात्रा सुरु


प्रकाशित मिति : असार १८, २०७६ बुधबार

चितवन । गत हफ्ता लगनखेलस्थित नेपाल आर्मीको तालिम तथा प्रशिक्षण केन्द्रमा शनिबार नेशनल रग्बी च्याम्पियनसिप सम्पन्न भएकोछ । उक्त प्रतियोगितामा धनगढीको बडिमालिका रग्बी क्लब र नेपाल महिला रग्बी क्बल राष्ट्रिय रग्बी च्याम्पियन भएको छ । लगनखेलस्थित नेपाल आर्मीको तालिम तथा प्रशिक्षण केन्द्रमा शनिबार भएको च्याम्पियनसिपमा पुरुषतर्फ बडिमालिका र महिलामा नेपाल रग्बी क्लब च्याम्पियन भएका हुन् । पुरुषतर्फको खेलमा बडिमालिकाले फाइनलमा गोर्खाली रग्बी क्लबमाथि १२–१० को स्कोरले हराउँदै उपाधि उचाल्यो । पुरुषतर्फ नै भएको बल च्याम्पियनसिपका लागि भएको प्रतिस्पर्धामा चितवन जिल्लाकै पहिलो रग्बी क्लब चितवन वारीअर्सले सफलता प्राप्त गर्‍यो ।

महिलातर्फ भएको फाइनलमा नेपाल रग्बी क्लबले बडिमालिका रग्बी क्लबलाई २०–५ को स्कोरले स्तब्ध बनाउँदै ट्रफी उचालेको थियो । महिलातर्फ पनि चितवन वारीअर्सनै बल च्याम्पियन भयो । एकदिने प्रतियोगितामा पुरुषतर्फ गोर्खाली रग्बी क्लब र महिलामा बडिमालिका रग्बी क्लब अनुशासित टोली घोषित भए ।

कुल आठ टोली सहभागी भएको प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाइएको नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले जानकारी दिए । प्रतियोगितामा विजेता खेलाडीलाई प्रदेश–३ का सामाजिक विकास मन्त्री युवराज दुलाल, संघका अध्यक्ष टंकलाल घिसिङ र महासचिव चेतनराज गिरीलगायतले पुरस्कृत गरेका थिए।

कम समय अनी सिमित साधन श्रोतका बाबजुत पनि पहिलो प्रतियोगिता नै राष्ट्रिय प्रतियोगिता खेल्नु अनी महिला तथा पुरुष दुबै टिम बल च्याम्पिएन घोषितहुनु चितवन वारीअर्सको लागि एउटा सुखद सुरुवात रहेको क्लबकी संयोजक तथा चितवन रग्बी एसोसिएसनकी तदर्थ समिती संयोजक कामना गिरी बताउछिन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त क्लबका टिम म्यानेजर तथा पुरुष तर्फका क्यप्टेन् उत्तम सुबेदीका अनुसार अन्तिम समयमा खेलाडि जुटाउन पनि गार्हो रहेको अवस्थामा कुशल प्रदर्शन गर्न सफल चितवन वारीअर्सले आगामी दिनमा यो भन्दा निकै नै प्रगती गरी जिल्लाको नाम सदैव नयाँ उचाइमा राख्ने छ ।

अष्ट्रेलियामा बसोबासगर्ने युवा ब्यबसाही तथा स्मार्ट राइनो ग्रुप एन्ड द ग्रूमिङ क्यम्पस नेपालका उत्प्रेरक विनोद पौडेल को पहलकदमीमा केहीमहिना अघी मात्र सुरु भएको उक्त क्लब ले अष्ट्रेलियाको एक रग्बी क्लब सँग पनि छिट्टै नै शाहअकार्य गरी खेलाडिहरुलाई क्रस ट्रेनिङ गराउने र रग्बी खेलमा नेपालको नाम बिश्वसामु अझै शसक्त रुपमा चाइनाउने तैयारीमा रहेको क्लब ब्यबस्थापनको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com