पानमुनजोम,(एएफपी) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ अनलाई अमेरिका भ्रमणको निम्ता दिनुभएको छ ।
उत्तर र दक्षिण कोरिया छुट्याउने असैनिक क्षेत्रमा भएको पहिलो ऐतिहासिक भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतालाई अमेरिका भ्रमणको निम्ता दिनुभएको हो ।
राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस भ्रमणका लागि किमलाई आफूले स्वागत र निमन्त्रणा गरेको जानकारी दिनुभयो । दुबै नेताबीच यो तेस्रो भेटवार्ता हो ।
साथै, अमेरिकी बहालबाला राष्ट्रपतिले उत्तर कोरियामा पाइला टेकेको पनि यो पहिलो अवसर हो । उत्तर कोरियाली नेता र राष्ट्रपति ट्रम्पबीच उत्तर कोरियाली सीमा कार्यालयमा विशेष बैठक समेत भएको छ । पानमुनजोन भ्रमणका क्रममा दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इन पनि सहभागी हुनुहुन्छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।