कुटिएकी युवती सम्पर्कमा नआउँदा कथित धर्तीमाताविरुद्धको मुद्दा कमजोर


प्रकाशित मिति : असार १५, २०७६ आईतबार

काठमाडौँको भद्रकाली मन्दिर परिसरमा कथित धर्तीमाताको नाममा दुव्र्यवहारमा परेकी पीडित युवती सम्पर्कमा नआउँदा मुद्दा कमजोर बनेको छ ।

दुव्र्यवहारबाट प्रभावित मान्छे सम्पर्कमा नआएकाले उक्त मुद्दाका आरोपी विष्णु कुँवरविरुद्ध अभद्र व्यवहार कसुरअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौँमा मुद्दा दर्ता गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

“युवती सम्पर्कमा आएको भए अर्कै मुद्दा चल्न सक्थ्यो, तर उनी नआएपछि अभद्र व्यवहारमा मुद्दा अगाडि बढाएका छौँ”, बोगटीले भन्नुभयो । उहाँका अनुसार अझै पनि युवतीको खोजीकार्य जारी रहेको र प्रहरीको सम्पर्कमा आए अर्को मुद्दा दर्ता हुनसक्ने उहाँको भनाइ छ ।

यही असार ५ गते आफूलाई धर्तीमाता बताउने कुँवरले उपचारका नाममा काठमाडौँमा एक युवतीमाथि दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गुल्मी घर भई रुपन्देहीको बुटवलस्थित कालिकानगर बस्ने उनलाई काठमाडौँको बालाजुबाट तीन दिनअघि प्रहरीले पक्राउ गरेको थियो । उनले यसअघि पनि पटकपटक उपचारको नाममा दुव्र्यवहार गर्दै आएको जानकारीमा आएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले कुँवरका विरुद्धमा विभिन्न ठाउँबाट गुनासो आइरहेको जानकारी दिँदै उजुरीका आधारमा अन्य मुद्दा पनि चल्नसक्ने बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com