दलित–दलितबीचको विभेद कायमै


प्रकाशित मिति : असार १५, २०७६ आईतबार

दलितलाई गैरदलित उत्पीडन, विभेद र खानेपानीका धारासमेत छोइछिटो हाल्नेप्रति विरोध जनाउँदै आएका छन् । गैर दलितभन्दा पनि दलित–दलितबीचको ठूलो विभेदको रहस्य बाहिर नआउँदा खासै चर्चा पाएको छैन ।

लोकतान्त्रिक गणतन्त्रमा गैर दलितले दलितले दिएको पानी खाने भए पनि एक दलित अर्को दलितले छोएको पानीसमेत खाने गरेका छैनन् । जिल्लाका पुस्तौँदेखि मान्दै आएका रीतिरिवाज संस्कृति र छुवाछूत, चालचलनलाई अन्त्य गर्न नसक्दै दलित–दलितबीचको विभेद कायमै रहेको दलित अगुवाले बताउने गरेका छन् ।

जिल्लामा बस्दै आएका विभिन्न थरमा दलितबीचको समन्वय भए पनि उनीहरुले एक अर्काको हातको पानीसमेत चल्दैन । ल्वारले नेपाली, सेरालाले कामी, गन्र्धवले कडारालगायतका थर भएका दलितले छोएको पानी र पकाएको खाना मात्र नभई घरभित्र जान नदिने प्रचलनको अन्त्य हुनुपर्ने बूढीगङ्गा नगरपालिका–३ का नरबहादुर सेरालाले बताउनुभएको छ ।

जिल्लामा ल्वार, नेपाली, गन्धर्व, कामी, कडारा, चदारा, उखेडालगायतका थर भएका दलित बसोबास गर्दै आइरहेका छन् । उनीहरु एकअर्काले ल्याएको खानेकुरा खाने गरेका छैनन् । सेरालाले भन्नुभयो, “गैर दलितभन्दा दलित दलितबीचको छुवाछूत तथा अन्तरजातीय विभेदको अन्त्य गर्नुपर्छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गैर दलितले गर्ने व्यवहार र विभेदभन्दा पनि दलित–दलितबीचको विभेद अन्त्य गर्नुपर्ने बूढीगङ्गा नगरपालिकाका दलित वर्गले जोड दिएका छन् । उनीहरुले गैर दलितले आफूहरुलाई अपहेलना गरेको पानी छुनसमेत दिएन भन्नुभन्दा पनि दलित–दलितबीचको विभेद अन्त्य गर्न आवश्यक रहेको अन्तर दलित छुवाछूत अन्तक्र्रिया कार्यक्रममा सहभागी बूढीगङ्गा नगरपालिका–२ बजेडीकी ललिता ल्वारले बताउनुभएको छ । उहाँले भन्नुभयो, “दलितले एकै भान्सामा पकाएको खाना, एकै गाग्रीमा ल्याएको पानी खान नसक्ने हामी दलित वर्गका मान्छेले गैर दलितले छुवाछूत ग-यो भन्नु गलत सोचाइ हो ।”

ल्वारले खाना पानी र एकआपसमा विभेद तथा अन्तरदलितको थरको छुवाछूतको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । अन्तर दलितबीचको छुवाछूत र विभेद अन्त्य गर्नसके गैर दलितसँग जातीय विभेदविरुद्ध लड्न सहज हुने बूढीगङ्गा नगरस्तरीय दलित नेटवर्कका अध्यक्ष सचेन्द्र नेपालीले बताउनुभएको छ । उहाँले गैर दलितभन्दा पनि दलित–दलितबीचको एकता, छुवाछूत तथा विभेदलाई अन्त्य गर्न दलितका नेतृत्व वर्गले अग्रसर हुनुपर्ने अध्यक्ष नेपालीको भनाइ छ ।

अध्यक्ष नेपालीले गैर दलितले गरेको अन्याय र छुवाछूतका अन्तरदलित छुवाछूतलाई न्यूनीकरण गर्न नगरपालिकाले सचेतना कार्यक्रम गर्दै लैजानुपर्ने बताउनुभएको छ । बूढीगङ्गा नगरपालिकाका उपप्रमुख तारा खातीले दलित–दलित अर्थात् अन्तर दलितबीचको छुवाछूत अन्त्य गर्नका लागि नगरपालिकाले नीति तथा कार्यक्रम ल्याउने बताउनुभएको छ । उहाँले नगरपालिकालाई जातीय छुवाछूतमुक्त नगर बनाउन नगरपालिकाले विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभयो ।

बूढीगङ्गा नगरपालिकाको आर्थिक सहयोग तथा बूढीगङ्गा नगरस्तरीय दलित नेटवर्कले आयोजनामा उक्त अन्तक्र्रिया कार्यक्रम शनिबार सोही नगरपालिका १, २ र ३ वडाका ५५ जना दलितको सहभागिता रह्यो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com