जनप्रतिनिधि यार्सा टिप्न गएपछि ………


प्रकाशित मिति : असार १४, २०७६ शनिबार

डोल्पाका आठ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहले बजेट सार्वजनिक गरेको छ । जगदुल्ला, मुड्केचुला र त्रिपुरासुन्दरी गाउँपालिका बाहेक अन्य पाँच वटा स्थानीय तहका जनप्रतिनिधि यार्सागुम्बा सङ्कलन गर्न गएका कारण बजेट सार्वजानिक हुन सकेको छैन् ।

अधिकांश समय काठमाडौँमा बिताएर चैतमा मात्र डोल्पा पुगेका जनप्रतिनिधि अहिले यार्सागुम्बाको सिजन शुरु भएपछि जेठ महीनादेखि पाटनमै रहेका पाइएका छन् । जनप्रतिनिधि पाटनमा भएपछि स्थानीय तहको बजेट सार्वजनिक हुन सकेको छैन् । जनप्रतिनिधि यार्सा टिप्न पाटन र गाउँपालिकाका प्रशासकीय अधिकृत, लेखापाल सदरमुकाम बस्दा समस्या भएको नागरिक अगुवा शेरबहादुर बुढाले बताउनुभयो ।

पटक÷पटक समयमै बजेट ल्याउन अनुरोध गरिएको र यार्सागुम्बा सङ्कलका लागि व्यवस्थापन राम्रो बनाइदिन आग्रह गरे पनि त्यो सुनुवाइ नभएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताउनुभयो । पाँच स्थानीय तहले यार्सा सङ्कलनलगायत विभिन्न कारण देखाइ बजेट सार्वजनिक गर्न नसकेको जनाएका नेपाल पत्रकार महासङघ डोल्पाका पूर्व अध्यक्ष विष्णुलाल बुढाले बताउनुभयो ।

आन्तरिक तयारी भए पनि बजेट सार्वजनिक हुन केही समय लाग्ने छार्काताङसोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले बताउनुभयो । छार्काताङसोङ, डोल्पोबुद्ध, काइके र शे–फोक्सुण्डो गाउँपालिकाका तथा ठूलिभेरी नगरपालिकामा बजेट सार्वजनिक हुन सकेको छैन् । उपल्लो डोल्पामा बैंक नहुँदा अहिले लेखापाल र प्रशासकीय अधिकृत दुनैमा बसेर उपल्लो डोल्पाको विकास निर्माण भएको भन्दै भुक्तानी दिइरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जनप्रतिनिधि यार्सागुम्बा पाटनबाट फर्कने क्रम जारी रहेको छ । अधिकांश समय सदरमुकाम धाउनुपर्ने र माथिल्लो डोल्पामा जनता नै नभेटिने कारणले गर्दा समस्या भएको अध्यक्ष गुरुङले बताउनुभयो । यही असार २५ गतेसम्म बजेट सार्वजानिक गर्ने सम्भावना रहेको बताइएको छ ।

अहिले यार्सा सिजन केही समयपछि चीनमा व्यापार, चिसोमा तल्लो भेगमा झर्ने समस्याले गर्दा काम गर्न कठिनाई भएको डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनचन्द्र धरालाले बताउनुभयो । अब तीन दिनभित्र कामको भुक्तानी गर्नुपर्ने भएकाले अध्यक्ष लगायतको टोली दुनै आइपुग्ने उहाँले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com