परराष्ट्र सम्बन्ध मुलुकको साझा सरोकारको विषय : प्रधानमन्त्री


प्रकाशित मिति : असार १४, २०७६ शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र सम्बन्ध समग्र मुलुकको साझा सरोकारको विषय भएको चर्चा गर्दै राष्ट्रिय सहमति र समान अवधारणाका साथ परराष्ट्र नीति सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

मुलुकको परराष्ट्र नीतिका प्राथमिकताहरूलाई समयानुकूल समायोजन गर्ने र परराष्ट्र नीतिका मूलभूत विषयहरूमा देशभित्र साझा, व्यवहारपरक एवं स्पष्ट दृष्टिकोण तयार पार्ने उद्देश्यले आज राजधानीमा आयोजित ‘परराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय संवाद’ विषयको छलफलमा उहाँले विदेश नीतिमा सबै दलको मतैक्यता हुनुपर्ने बताउनुभयो ।

“मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्दै सार्वभौमिक समानताका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरी विश्व समुदायमा राष्ट्रिय सम्मानको अभिवृद्धि गर्नेतर्फ हाम्रो विदेश नीति केन्द्रित छ,” प्रधानमन्त्रीले भन्नुभयो ।
नेपाली जनतामा सार्वभौमसत्ता सम्पूर्णरुपमा आइसकेको अहिलेको अवस्थामा देशको आर्थिक–सामाजिक उन्नयनतर्फ अग्रसर वर्तमान सरकार राजनीतिक उपलब्धिको संरक्षण तथा सुशासन र विकासका निम्ति लागिपरेको उहाँले बताउनुभयो ।

“राष्ट्रलाई विकास–निर्माणको बाटोमा डो¥याउन हाम्रा एक्ला प्रयास पर्याप्त छैनन्, मित्रहरूको साथ र सहयोग चाहिन्छ, बाह्य लगानी एवं प्रविधि भित्र्याएर लक्ष्य हासिल गर्न सकिन्छ,” ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आवश्यक पर्ने बाह्य सहायताको महत्व दर्शाउँदै उहाँले अनुदान र ऋण नभई लगानी ल्याउन देशको कूटनीति परिलक्षित हुनुपर्नेमा जोड दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालका आवश्यकता र प्राथमिकताका क्षेत्रमा लगानी आकर्षण गर्नु अपरिहार्य भएको विचार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले परराष्ट्र नीतिको केन्द्रमा राष्ट्रिय हित रहेको तथा संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताको नेपालले पूर्ण परिपालना गरिरहेको बताउनुभयो । उहाँले अन्य देशले पनि त्यसै गरुन् भन्ने चाहेको पनि बताउनुभयो ।

राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, खेलकूदलगायत कूटनीतिका विविध विधाको चर्चा गर्दै उहाँले आफ्ना मालसामान र उत्पादनको बिक्री बढाउन गरिने अस्वस्थ प्रतिस्पर्धाको विपक्षमा नेपाल रहेको उहाँको कथन थियो । उहाँले भन्नुभयो,“बलियाका प्रतिस्पर्धाले दुब्लाहरू मारमा नपरुन् ।”

बहुपक्षीयतालाई अस्वीकार गर्नु अनुपयुक्त भएको विचार व्यक्त गर्दै प्रधानमन्त्रीले अल्पकालीन लाभलाई लिएर शक्तिका आडमा थिचोमिचो हुन नहुने बताउनुभयो । शक्ति राष्ट्रले साना र निर्बल देशलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार तथा उनीहरूको अन्तर्राष्ट्रिय दायित्वप्रति उहाँको भनाइ लक्ष्यित थियो ।

सन्तुलित छिमेक सम्बन्ध
नेपाललले दुवै छिमेकीसँग अत्यन्त सन्तुलित सम्बन्ध कायम गरेको तथा नीति पनि तद्नुरुप नै अवलम्बन गरेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले छिमेकमा कतैपनि तनाब नहोस् भन्ने चाहेको बताउनुभयो । सबै समस्याको समाधान वार्ता र संवादका माध्यमबाट हुनुपर्ने नेपालको मान्यता पनि उहाँले सुनाउनुभयो ।

“छिमेकीसँगको सम्बन्ध सङ्लिएको छ, थिति बसेको छ, हाम्रो सम्बन्धका थुप्रै विषयमा पुनरावलोकन भएका छन् र भइरहेका पनि छन्,” बहुपक्षीय एवं अन्तर्राष्ट्रिय मञ्चहरूमा छिमेकका सरकार प्रमुखसँग भएका औपचारिक एवम् अनौपचारिक छलफलबारे जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो ।

विश्व शाान्ति, आम विनाशका हातहतियारको विरोध, लोकतन्त्र र मानवअधिकारको रक्षा, जलवायु परिवर्तन, वातावरण संरक्षणका साथै मानव जातिको हित प्रवद्र्धनलाई पनि देशको परराष्ट्र नीतिले उच्च प्राथमिकता दिएको प्रधानमन्त्रीले बताउनुभयो ।

इपिजी प्रतिवेदन प्रस्तुतिको वातावरण बन्छ नेपाल र भारतबीच सन् १९५० भएको शान्ति तथा मैत्री सन्धि तथा त्यसयता भएका सबै असमान सन्धि सम्झौतालगायत द्विपक्षीय सम्बन्धका समग्र विषयलाई समेटेर सुझावसहितको प्रतिवेदन तयार पार्न दुवै देशका प्रबुद्ध व्यक्ति सम्मिलित समूह ९इपिजी०को प्रतिवेदन प्रस्तुतिको वातावरण शीघ्र तयार हुनेमा आफू ढुक्क रहेको प्रधानमन्त्रीले बताउनुभयो ।

इपिजीले प्रशंसनीय काम गरेको भन्दै उहाँले प्रतिवेदनको प्रस्तुतिपछि त्यसमा उल्लिखित विषयलाई कार्यान्वयनको चरणमा लगिने जानकारी दिनुभयो ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घरेलु नीतिको विस्तारित रुप नै देशको परराष्ट्र नीति भएको बताउँदै बदलिँदो परिवेशमा राष्ट्रिय हित संरक्षण एवम् प्रवद्र्धनका साथ कूटनीति सञ्चालन भइरहेको बताउनुभयो ।

उहाँले शक्ति समीकरणका नयाँ आयाम उत्पन्न भएको चुनौतीपूर्ण विश्व परिवेशमा प्रभावकारी रुपमा कूटनीति सञ्चालन गरी राष्ट्रिय हित प्रवद्र्धन गर्न दक्ष, योग्य एवम् प्रतिबद्ध व्यक्तित्वको अपरिहार्यतामा जोड दिँदै १६६ देशमा विस्तार भएको नेपालको बाह्य सम्बन्ध क्रमशः बढिरहेको बताउनुभयो ।

हाम्रोजस्तो संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको मुलुकको सन्दर्भमा राष्ट्रिय हित प्रवद्र्धनार्थ परराष्ट्र नीतिलाई उचित सावधानीका साथ कुशलतापूर्वक सञ्चालन गर्नु आवश्यक भएको तर्क गर्दै उहाँले छिमेकीका चासोप्रति नेपाल पूर्ण संवेदनशील रहेको स्पष्ट गर्नुभयो ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा प्राप्तिको राष्ट्रिय प्रयासलाई सघाउन अन्तर्राष्ट्रिय सद्भाव र सहयोग जुटाउन तथा आर्थिक कूटनीतिलाई परराष्ट्र नीतिको अभिन्न अङ्गका रुपमा प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको उहाँले बताउनुभयो ।

परराष्ट्र सचिव शङ्करदास वैरागीले बाहिरी विश्वसँग कुनै पनि मुलुकले राख्ने सम्बन्ध, त्यसको उद्देश्य र आधार सो मुलुकको परराष्ट्र नीतिद्वारा निर्देशित हुन्छ भन्दै अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उजिल्याउन परराष्ट्र मन्त्रालय इमान्दारीका साथ लागिपरेको बताउनुभयो ।

एक दिवसीय उक्त राष्ट्रिय संवादमा ‘परिवर्तित भूराजनीति–छिमेक तथा प्रमुख शक्ति राष्ट्रहरू, आर्थिक कूटनीति अभिमुखीकरण एवम् प्राथमिकताहरू, क्षेत्रीय तथा बहुपक्षीय मामिला तथा नवीनतम चुनौतीहरू ः जलवायु परिवर्तन तथा श्रम आप्रवास’ विषयमा गहन छलफल भइरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com