युवतीमाथि‘सिरिञ्ज’आक्रमणमा संलग्न एक युवक पक्राउ,भन्छन्- ‘सिरिञ्ज हाेइन काँटी घाेचेकाे हुँ’


प्रकाशित मिति : असार १२, २०७६ बिहीबार

काठमाडौँ उपत्यकामा आतंककै विषय बनिरहेकाे शृङ्खलाबद्ध ‘सिरिन्ज’ आक्रमणमा स‌ंलग्न गिराेहका एकजना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यकामा विभिन्न युवतीलाई अज्ञात व्यक्तिले शृंखलाबद्ध सिरिन्ज आक्रमण गर्ने गरेकाे उजुरी बढ्दै गएका वेला प्रहरीले साे आक्रमणमा संलग्नलाई पक्राउ गरिएकाे दाबी गरेकाे हाे ।

यसरी युवतीहरुमाथि सिरञ्ज हान्ने गरेकाे आशंकामा प्रहरीले रामेछाप स्थायी घर भएका ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरेको जनाएकाे छ । राजधानीको महाराजगञ्जबाट बिहीबार राति नै ती युवक पक्राउ गरिएकाे महानगरीय प्रहरी परिसर महाराजगञ्जले जनाएकाे छ । सुराकका आधारमा खटिएकाे सादा पोशाकको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कार्कीले आफूले कुनै सिरिन्जले आक्रमण नगरेकाे र ‘काँटी’ले घोचेको प्रारम्भिक बयान दिएका छन् । थप अनुसन्धानका लागि उनलाई हिरासतमा लिइएकाे छ । यद्यपि सिरिन्ज आक्रमण भएकै हाे या हाेइन भन्नेबारे प्रहरी नै यकिन निष्कर्षमा पुग्न सकेकाे छैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्लाे समय काठमाडौँ उपत्यकाका साथै बनेपामा समेत धारिलाे तिखाे वस्तुले युवतीमाथि आक्रमण भएकाे उजुरी आए पनि अहिलेसम्म सिरिञ्जबाटै आक्रमण भएको पुष्टि हुन सकेकाे छैन । बुधबार मात्रै बनेपामा एक महिला सिरिन्ज आक्रमणमा परेकाे भन्दै उजुरी आएकाे थियाे । त्यसअघि यस्ता नाै घटना काठमाडाैँमै भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com