एसईई रिजल्टपछि खगेन्द्र नवजिवन विशेष शिक्षा माविमा खुशियाली, हात खुट्टा नहुनेले पनि ल्याए ए ग्रेड


प्रकाशित मिति : असार १२, २०७६ बिहीबार

काठमाडौंको जोरपाटी नारायणटारस्थि खगेन्द्र नवजिवन विशेष शिक्षा माध्यमिक विद्यायलका विद्यार्थीहरु पनि उत्साहीत छन् । १२ जना अपाङ्गता भएका विद्यार्थीहरुले उक्त विद्यालयबाट एसईई परिक्षा दिएका थिए ।अपाङ्गता भएकाहरुका लागि निशुल्क रुपमा शिक्षा दिँदै आएको उक्त विद्यायलमा बिहीबार एसईईको नतिजा सार्वजनिक भइसकेपछि खुशियाली छाएको थियो ।

उक्त १२ जना विद्यार्थीमध्येका २१ वर्षीय रमेश र १८ वर्षीय सोनम पनि हुन् । रमेशका दुईवटै खुट्टा छैनन् भने सोनाम  आफैले लेख्न सक्दैनन् । उनीहरु एसईई नतिजाबाट खुसी छन् । चामुण्डा स्कुलबाट परिक्षा दिएका उनीहरुको कम्युटर साइन्स पढ्ने धोको छ । शारिरिक रुपमा अशक्त भएपनि उनीहरु पढाइमा निकै रुचि राख्ने विद्यार्थीभित्र पर्छन् ।

बिहीबार नतिजा सार्वजनिक भएपछि उनीहरुले आफ्नो खुसी विद्यालयका प्रध्यानाध्यापक रागव प्रसाद दवाडी लगायतका शिक्षकहरुसंग साटे । विद्यालयमा परिसरमा प्रध्यानाध्यापक लगायत आफ्ना गुरुहरुसंग सोनम र रमेश खुसी साटिरहँदा खुसी देखिन्थे । रमेश ह्वीलचियर क्रिकेट खेल्न खुब रुचि राख्छन् । आज सार्वजनिक भएको एसईई नतिजामा उनले २.५ जीपीए ल्याएका छन् ।

उनले राष्ट्रिय ह्वीलचियर क्रिकेट प्रतियोगितामा क्रिकेट पनि खेलिसकेका छन् । उनको खेल र पढाइमा भएको प्रगतिले शिक्षकहरु पनि खुसी छन् । यता, सोनाम भने आफैंले लेख्न सक्दैनन् । सहयोगि राखेर परिक्षा दिएका सोनामले ३.२५ जीपीएका साथ उतिर्ण हुन सफल भए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘सोनाम विद्यालयमा हुने परिक्षाहरुमा सधैं प्रथम हुन्थे ।’ प्रधानाध्यापक दवाडिले भने–‘अन्य विद्यार्थीको तुलनामा आफू अशक्त भएर पनि उसले गरेको मेहेनत प्रशंसनिय छ ।’

दुबै हात नभएकी एकजना छात्राले पनि ए ग्रेड ल्याएको प्रधानाध्यापक दवाडिले ले जानकारी दिएका छन् ।

उक्त खुशियालीले दीपेन्द्र ढुंगानाले क्यामेरामा कैद गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com