उत्तरपश्चिम नाइजेरियामा २२ किसानको हत्या   


प्रकाशित मिति : असार १२, २०७६ बिहीबार

अबुजा, (सिन्ह्वा)  नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतङ्ककारी समूह बोको हरामले गरेको आक्रमणमा परी २२ जना किसानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दमासाक शहरबाट ५० किलोमिटर टाढा रहेको नाम्गाम गाउँमा सोमबार किसानहरुको एक समूहलाई बोको हराम लडाकूले आक्रमण गरेको र सो आक्रमणमा परी २२ जनाको मृत्यु भएको सैनिक अधिकारीहरुले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

गोली लागि घाइते भएका दर्जनौं महिला र बालबालिका दमासाक शहरनजिक शरणको खोजीमा आइपुगेका छन् ।   मङ्गलबार नाम्गामाबाट १८ जनाको शव बरामद भएको सरकार समर्थित स्थानीय नागरिक समूहका प्रमुख उसमान बालाले बताउनु भएको छ । स्थानीय बासिन्दाको सहयोगमा नै उद्धारकार्य जारी रहेको बताइएको छ ।

नाइजेरियाको उत्तरपूर्वी इलाकामा एक दशक यता बोको हराम आतङ्ककारी समूहले हिांसात्मक गतिबिधि गर्दै आएका छन् । यस द्वन्द्वमा परी हजारौं व्यक्तिको ज्यान गइसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com