मेरिल्याण्डमा नेपालीको उपस्थीति रहेको क्षेत्रमा आइसको छापा, सचेत रहन भण्डारीको आग्रह


प्रकाशित मिति : असार ११, २०७६ बुधबार

मेरिल्याण्डको बाल्टिमोर नजिकै नेपालीहरुको समेत बाक्लो बसोबास रहेको कोलम्बियामा क्षेत्रमा अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले छापा मार्ने तयारी गरेको रिपोर्टहरु आएको मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट ह्यारी भण्डारीले जानकारी दिनुभएको छ । उहाँले त्यस क्षेत्रमा बस्ने आप्रवासीहरुलाई आफ्नो आप्रवासी अधिकारको उपयोग गर्न समेत सचेत गराउनुभएको छ ।

आइसले पक्राउ गर्ने खतरामा हुनुहुन्छ ? यो कार्ड सधै बोकेर हिड्नुहोस्

विना वारेन्ट घरभित्र प्रवेश गर्न नदिन, आइसले पक्राउ गरेमा मौनबस्ने अधिकारको उपयोग गर्न तथा विभिन्न अध्यागमन सेवा दिने हटलाइन नम्बरहरुमा तुरुन्त सम्पर्क गर्न भण्डारीले सुझाव दिनुभएको छ । तपाईले कुनै समस्या भोग्नुभएमा वा देख्नुभएमा तलका नम्बरहरुमा सम्पर्क गर्न सुझाव दिइएको छ ।

FIRN: 410-992-1923
CASA: 1-855-678-2272
DMV Sanctuary Alliance: 202-235-1183
“Safe Haven”/Refugio: 240-490-2762
ACLU MD: 410-889-8555

आइसका प्रतिनिधिहरुले बुधबारविहान हावर्ड काउन्टी प्रहरीलाई कोलम्बिया क्षेत्रमा आइसका एजेन्टहरु परिचालन गर्ने सम्भावनाबारे सुचित गरेको एकजना प्रहरी प्रवक्ताले समेत पुष्टी गरेका छन् । हवार्ड काउन्टी प्रहरी भने आइसको छापामा सहभागी नहुने तथा आइसले हवार्ड काउन्टी प्रहरीलाई छापामा सहयोगका लागि अनुरोध समेत नगरेको प्रहरीले जनाएको छ ।

आइसले पक्राउ गर्न खोजेमा वारेन्ट सोध्न र मौन बस्न सुझाव (भिडियो सहित)

आइसको लोगो भएका कालो सर्ट लगाएका व्यक्तिले लंग रिचमा आप्रवासीहरुलाई पक्राउ गरेका समाचारहरु समेत आएका छन् । उक्त क्षेत्रमा कम्तीमा ९ जनालाई पक्राउ गरिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

तपाईको घरमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका अधिकारी आएमा के गर्ने ? (आधादर्जन टिप्स)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com