किमलाई प्राप्त भयो ट्रम्पको पत्र   


प्रकाशित मिति : असार ८, २०७६ आईतबार

(सिन्ह्वा) / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाउनु भएको पत्र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले प्राप्त गर्नुभएको छ ।
उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन केन्द्रीय न्युज एजेन्सीले आइतबार जनाएअनुसार ट्रम्पको व्यक्तिगत पत्र किमले प्राप्त गर्नुभएको हो ।

पत्र पढेपछि सर्वोच्च नेता किमले पत्रप्रति सन्तुष्टी जनाउनु भएको पनि समाचारमा उल्लेख गरिएको छ । उहाँले भन्नुभएको छ, “पत्रमा गज्जबको विषयबस्तु लेखिएको छ ।”

किमले त्यसमा रहेको चाखलाग्दो विषयमा गहन ढङ्गले सोचविचार गर्ने आशय व्यक्त गर्नु भएको बताइएको छ ।     तर उहाँले पत्रमा के विषयबस्तु उल्लेख गरिएको छ भन्ने बारेमा भने कुनै जानकारी नदिनु भएको समाचारमा जनाइएको छ ।

त्यसैगरी अहिले ट्रम्पको पत्र कसरी र कहिले किमलाई पठाइयो भन्ने बारेमा पनि खुलासा गरिएको छैन । त्यसबारे अमेरिकाले पनि कुनै प्रतिक्रिया जनाएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत फेब्रुअरीमा भियतनाममा ट्रम्प र किमबीचको दोस्रो शिखर बैठक विनाकुनै निष्कर्ष टुङ्गिएको थियो । त्यसपछि अमेरिका र उत्तर कोरियाबीचको वार्ता अनिश्चित रहेको छ ।

उत्तर कोरियाले परमाणु कार्यक्रम परित्याग गर्नु पर्ने अमेरिकाको चाहना र आफूविरुद्ध लगाइएका प्रतिबन्धहरू फुकुवा हुनु पर्ने उत्तर कोरियाको अडानका कारण सम्बन्ध सुमधुर हुन नसकेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com