Follow @khasokhasmag

देशलाई थिलथिलो बनाएको काङ्ग्रेसले नै हो : नेता रावल


प्रकाशित मिति : असार २, २०७६ सोमबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं नेकपा सुदूरपश्चिम इन्चार्ज भीम रावलले देशलाई थिलथिलो बनाउने काम नेपाली काङ्ग्रेसले गरेको बताउनुभएको छ ।

नेकपा अछामको ढकारी गाउँपालिकामा आयोजित आमसभामा नेता रावलले वर्तमान सरकारले देश विकास र समृद्धिका लागि विभिन्न योजना अघि सारे पनि काङ्ग्रेसले बिरोधका लागि बिरोध गरिरहेको आरोप लगाउनुभयो ।

“विगतमा पटकपटक बहुमत प्राप्त गरे पनि काङ्ग्रेसले जनताको मतको अपमान गरेको छ”, उहाँले भन्नुभयो, “काङ्ग्रेस आफ्ना सारा कर्म बिर्सेर नेकपा र सरकारको बिरोधमा मात्रै केन्द्रित भएको छ ।”

कम्युनिष्ट सरकारले आफ्नो मूल्य, मान्यता र आदर्शअनुरुप देशको विकास गरिछाड्ने उहाँको भनाइ थियो । व्यक्तिगत लोभ, लालच र क्षणिक स्वार्थमा रही पार्टीलाई आँच आउने कामबाट टाढै रहन उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो । “विधि र सुशासनबिना विकासको कल्पना गर्न सकिँदैन”, नेता रावलले भन्नुभयो ।

देश र जनताका लागि कम्युनिष्ट सरकारले विगतदेखि नै जनमैत्री कार्यक्रम ल्याएको उहाँको भनाइ थियो । वृद्धवृद्धालाई भत्ताको व्यवस्थादेखि दलितका छोराछोरीका लागि छात्रवृत्ति कार्यक्रम, गाउँगाउँमा बजेट पठाउनेलगायत कार्य कम्युनिष्टले नै गरेको नेता रावलले बताउनुभयो ।

बिगतमा गाउँमा बजेट पठाउनु हुँदैन भन्ने काङ्ग्रेसले अहिले गाउँमा आएको बजेट आफैँ खाउँ भन्ने नीति लिएको आरोप लगाउनुभयो । (रासस)

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com