जब ललितपुरमा आन्दोलनको राँको बोल्यो (फोटो फिचर)


प्रकाशित मिति : जेष्ठ ३२, २०७६ शनिबार

सरकारले संसदमा दर्ता गराएको ‘गुठी सम्बन्धि कानूनलाई एकिकृत तथा संशोधन गर्न बनेको विधेयक २०७५ को विरोध गर्दै सुरु भएको आन्दोलन जारी छ । यसै क्रममा गुठी संरक्षण अभियानका अभियन्ता तथा स्थानीयले ललितपुरमा मसाल जुलुश निकालेका छन् । सरकारले गुठीका सम्पत्तिको संरक्षणलाई समयानुकूल परिमार्जन गर्न भन्दै गुठी संस्थानलाई प्राधिकरण अवधारणमा लाने र प्राधिकरणले नै गुठीका सम्पत्तिको व्यवस्थापन र संरक्षण गर्ने उल्लेख गरिएको छ ।

अभियन्ताहरुले भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरोकारवालाहरुसँग छलफल नगरी संसदबाट पारित गर्ने तयारी गरेको र यसबाट बषौँ पुरानो परम्पराको रुपमा हुँदै रहेको गुठी व्यवस्थाको संरक्षण हुन नसक्ने बताउँदै आएका छन । उनीहरुले सरकारले विधेयक फिर्ता लिएर छलफलपछि मात्र संसद्बाट पारित गराउनुपर्ने बताउँदै आएका छन ।

खसोखासका लागि दीपेन्द्र ढुंगानाले खिचेका मशाल जुलुशका केही तस्वीर ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com