युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै


प्रकाशित मिति : जेष्ठ ३२, २०७६ शनिबार

एक साता लामो युरोप भ्रमण सकाएर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै हुनुहुन्छ । बेलायत र फ्रान्सको औपचारिक भ्रमण सकाएर प्रधानमन्त्री ओली आज स्वदेश फर्कनु हुने भएको हो ।

गत साता बेलायत र फ्रान्सका समकक्षीको निमन्त्रणमा औपचारिक भ्रमणमा निस्कनुभएका प्रधानमन्त्री ओलीले स्वीटजरल्याण्डको जेनेभामा आइ एलओको शतवार्षिकीमा सहभागी हुनुभएको थियो ।

सहभागी भएसँगै बेलायत पुग्नुभएका प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा समकक्षी टेरेजा मे र बेलायती राजकुमार ह्यारीसँग भेटवार्ता गर्नुभएको थियो । भेटका क्रममा प्रधानमन्त्री ओलीले भूपू गोर्खा सैनिकको समस्याका साथै नेपाल–बेलायत–भारतबीचको गोर्खा सैनिक सम्बन्धी सन्धी परिमार्जन गर्नुपर्ने विषय समेत अघि सार्नुभएको थियो ।

यस्तै, बेलायत भ्रमण सकाएर फ्रान्स पुग्नुभएका प्रधानमन्त्री ओलीले समकक्षीे फिलिपेसँग भेटवार्ता गर्नुभएको हो । वार्तामा प्रधानमन्त्री ओलीले द्विपक्षीय सम्बन्धका बारेमा छलफल गर्दै फ्रान्सेली लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि प्रेरित गर्न आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले अहिले १० बजे काठमाडौं अवतरण गर्नुहुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com