Follow @khasokhasmag

नेपाली महिलाको विदेशी पुरुषसँग अनमेल बिहे बढ्दो


प्रकाशित मिति : जेष्ठ ३२, २०७६ शनिबार

नागार्जुनकी ३६ वर्षीया महिलााले चीनको हेनान प्रान्तका ५६ वर्षीय पुरुषसँग विवाह गरिन् । दुवै जनाले मंसिर ८ गमा काठमाडौँ जिल्ला अदालतमा दर्ता विवाहका लागि निवेदन दिए । सबै कानूती प्रक्रिया पुगेकाले निवेदन स्वीकृत भयो ।

न्युयोर्क बस्ने ६५ वर्षका पुरुषसँग खोटाङकी ३३ वर्षीया युवतीले विवाह गरिन् । दुवैजनाले काठमाडौँ जिल्ला अदालतमा निवेदन दिई दर्ता विवाहको प्रमाण पत्र लिए । उनीहरु कात्तिक २९ गते दर्ता विवाहका लागि कानुन व्यवसायीसहित अदालत पुगेका थिए ।  ४८ वर्षीय भारतीय पुरुषले २४ वर्षकी नेपाली युवतीसँग विवाह गरे । युवतीको भन्दा दोब्बर उमेर भएकाले उनले अदालती विवाह गरेका हुन् । यो अदालती विवाह जेठ ८ मा भएको हो ।

विदेशीसँग भएका यी अनमेल विवाहका उदाहरण प्रतिनिधिमूलक हुन् । पछिल्लो समय काठमडौँ जिल्ला अदालतमा पुगेर यसरी विवाह गर्नेको संख्या बढेको छ । उमेर हेर्दा आफूभन्दा १० देखि ३२ वर्ष जेठा विदेशी पुरुषसँग नेपाली युवतीले विवाह गरेका छन् । यसरी दर्ता विवाह गर्नेमा अधिकांश पुरुष विदेशी र युवती नेपाली छन् । काठमाडौँ जिल्ला अदालतको तथ्यांक हेर्दा सबैभन्दा धेरै नेपाली युवतीले अमेरिकी पुरुषसँग विवाह गरेका छन् । अस्ट्रेलिया, बेलायत, चीन, दक्षिण कोरिया, जापान, क्यनाडा, फिलिपिन्स, फ्रान्स, बंगलादेश, मलेसिया, पाकिस्तानलगायत देशका पुरुषसँग पनि नेपाली युवतीले अदालती विवाह गरेका छन् । नागरिक दैनिकमा भाषा शर्माको समाचार प्रकाशित छ ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com