मेरुदण्ड दुख्छ ? समाधान गर्ने उपायहरु


प्रकाशित मिति : जेष्ठ ३२, २०७६ शनिबार

  • रोगको कारण पत्ता लगाई चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ । विशेषगरी, सबैखाले ढाड दुखाइको प्रमुख उपचार विधि भनेको नै फिजियोथेरापी हो ।
  •  मेरुदण्ड दुखाइमा अप्रेसान गर्नै नहुने भन्ने हुँदैन । प्रायः यस्तो समस्या कमजोर मांसपेशीका कारण हुने हुँदा फिजियोथेरापी विधिबाट शारीरिक व्यायाम गरे समस्या समाधान हुन्छ । ढाड दुख्ने समस्याको उपचार भनेकै उचित तरिकाको फिजियोथेरापी हो भनेर विभिन्न अध्ययनले पुष्टि गरिसकेको छ । विश्वभर अप्रेसन नगरी फिजियोथेरापी उपचार विधि अपनाइएको छ । उचित फिजियोथेरापी गरेर पनि समस्या समाधान भएन र बिरामीले दुखाइको कारण हिँड्डुल नै गर्न सकेन, दिसा–पिसाब आएको महसुससमेत गर्न सकेन भने अप्रेसन गरिन्छ । तर, अप्रेसन नै यसको समाधान भने होइन, अप्रेसनपछि पनि फिजियोथेरापी उपचार विधि केही महिनासम्म अपनाउनुपर्ने हुन्छ । अन्यथा समस्याको पूरा समाधान नहुन सक्छ ।
  • सहरको व्यस्ततामा बाइक चढ्नैपर्ने र कुर्सीमा लामो समय बसेर काम गर्नुपर्ने बाध्यता छ । यस्ता व्यक्तिले सावधानी अपनाएर रोगको रोकथाम गर्न सकिन्छ । त्यस्ता व्यक्तिलाई शारीरिक व्यायाम र फिजियोथेरापीको ज्ञान दिएर शरीरका मांसपेशी बलियो र मेरुदण्डलाई मजबुत बनाउनु नै सबैभन्दा उत्तम उपाय हो । एउटै आसनमा लामो समय बस्दा ढाड दुख्ने भएकाले प्रत्येक आधा–आधा घन्टामा आसन परिवर्तन गर्नु पनि रोकथामको उपाय हो । रोग लागिसकेमा पनि केही समय जनजीवनको शैली परिवर्तन गरेर, फिजियोथेरापी तथा व्यायाम गरेर निको पार्न सकिन्छ ।
  • विवेक घिमिरे, फिजियोथेरापिस्ट ग्रान्डी सिटी अस्पताल्र काठमाडौं

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com