भूकम्प आउँछ भनेर अफवाह फैलाउने , अर्जुन क्षेत्री रिहा


प्रकाशित मिति : जेष्ठ ३१, २०७६ शुक्रबार

देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन थापा क्षेत्री रिहा भएका छन् । जिल्ला अदालत काडमाडौँले शुक्रबार क्षेत्रीलाई तारेखमा रिहा गरेको हो ।

क्षेत्रीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा गत जेठ २१ गते गौशालाबाट पक्राउ गरेको थियो ।  उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com