क्यानडा जाने लाेभमा २२ लाख गुम्याे, धन्न जोगियो बा-आमाकाे मिर्गौला !


प्रकाशित मिति : जेष्ठ ३१, २०७६ शुक्रबार

लमजुङका एक युवकको वैदेशिक रोजगारीमा क्यानडा जाने सपना चकनाचुर बनेको छ। दलाललाई विश्वास गरेर भारतको दिल्ली पुगेका उनले २२ हजार ५९ अमेरिकी डलर अर्थात् २२ लाखभन्दा बढी रुपैयाँ गुमाएका छन्। दलालको विश्वासमा पर्दा उनलाई पुर्‍याउन गएका बा र मामाको झन्डै मिर्गाैला गुमेको थियो।

गत वर्ष पुसमा उनको भेट क्यानडा लैजाने दलालसँग भयो। दलालको सल्लाहअनुसार उनी तयारीमा जुटे। यस क्रममा उनले क्यानडामा रहेका नेपालीसँग फोनमा कुराकानी पनि गरे। अनि ढुक्क भएर माघ २२ गते दिल्लीतर्फ उडे।

दिल्लीमा ती युवकको भेट नुवाकोटका योगेश सापकोटासँग भएकाे र त्यसपछि नै उनकेा लुटिने क्रम सुरु भएकाे खबर आजकाेअन्नपूर्ण पाेस्टमा छ। बेहाेश बनाएर मिर्गाैला झिक्ने दाउ असलफल भएपछि तस्करले छाेडेपछि र बाबु र मामालाई उपचार गराएर उनी नेपाल फर्किए ।पीडित युवक, उनका बाबु र मामाले केन्द्रीय अनुसन्धान ब्युरोमा २२ हजार ५९ डलर, नेपाली ३५ हजार र भारतीय १५ हजार रुपैयाँ लुटेको बयान दिएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com