लोकसेवा आयोग प्रकरणः १० लाख युवा डिप्रेशनको शिकार कस्ले लिन्छ जिम्मा ?


प्रकाशित मिति : जेष्ठ ३१, २०७६ शुक्रबार

लोकसेवा आयोगको स्थानीय निकायमा कर्मचारी भर्नाका लागि प्रकाशित विज्ञापन रोकिए १० लाख युवा डिप्रेशनको शिकार हुने भन्दै त्यसबाट उत्पन्न परिस्थिति भयावह हुने चेतावनी दिइएको छ । लोक सेवा तयारी विद्यार्थी संघर्ष समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ८७ हजार विद्यार्थीको भविष्यमाथि खेलवाड गरिए आन्दोलनको आँधीवेहरी चलाईदिने चेतावनी समेत दिएको छ ।

लोक सेवा तयारी विद्यार्थी संघर्ष समितिका संयोजक मंगल थापाले राजनीतिक स्वार्थका लागि लाखौंको भविष्य बर्बाद पार्ने चलखेल विगत देखि नै हुँदै आएकाले यसपटक चुप नलाग्ने चेतावनी दिनुभयो । देशभरबाट आन्दोलन शुरु गरिने तयारी भइसकेकाले तत्काल विज्ञापन रोक्ने निर्देशन फिर्ता लिन आग्रह समेत उहाँको आग्रह थियो ।

प्रेस विज्ञप्ति पूर्णपाठ

लोक सेवा आयोगले मिति २०७६ जेठ १५ गते प्रकाशित गरेको स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धि विज्ञापन रोक्न र ‘करारमा कर्मचारी’ नियुक्ति गर्न भनि सुशासन तथा राज्य व्यवस्था समितिले २०७६ जेठ २७ गते नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्मानित लोक सेवा आयोगलाई निर्देशन दिने भनि गरेको निर्णयप्रति हामी लोक सेवा आयोगको तयारी गरिरहेका लाखौ विद्यार्थीहरु चिन्तित तथा घोर आपत्ति प्रकट गर्दछौ ।
‘‘योग्यता प्रणालीलाई आधार बनाई स्थायी सरकारकोरुपमा रहेको निजामति सेवा र सेवा सञ्चालन गर्ने विभिन्न निकायहरुमा ‘निष्पक्ष र पारदर्शि तवरले परीक्षा लिई, योग्य कर्मचारी भर्ना छनौट गर्ने प्रक्रिया’ सम्मानित लोक सेवा आयोगबाटै गरियोस’’ भन्ने हाम्रो प्रमुख माग हो । साथै नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ उपदफा ८ विपरित ‘करारमा कर्मचारी नियुक्ति गर्ने’ भनि गरिएको निर्णय यथाशीघ्र फिर्ता गरियोस्, तथा यस्ता असंवैधानिक तथा नीति विपरितका कार्य नगर्न चेतावनी दिन चाहान्छौ ।
सुशासन समितिको गरेको निर्णयप्रति गम्भिर भई हामी लोक सेवा अध्ययनरत गरिरहेका लार्खौ विद्यार्थीहरुले यस निर्णयको विरोध गर्दै करार कर्मचारी नियुक्ति गर्ने भन्ने जस्ता असंवैधानिक निर्णयको विरोधमा संघर्ष समिति गठन गर्दै विगत ४ दिनदेखि शान्तिपूर्ण, चरणबद्ध आन्दोलनको गर्दै आएका छौ ।
चरणबद्ध आन्दोलन स्वरुप भोलि ३२ गते दिउँसो १ बजे माईतिघरमण्डलामा विरोध कार्यक्रम रहेको र उक्त कार्यक्रममा उपस्थित भईदिन सबै सुशासनका पक्षधरहरुलाई हार्दिक आग्रह गर्दछौं । साथै लोक सेवा तयारी गरिरहेका लार्खौ विद्यार्थीहरु सहभागिताको लागि अनुरोध गर्दछौ ।
संयोजक
मंगल थापा
लोक सेवा तयारी विद्यार्थी संघर्ष समिति
९८५११०३४३९

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com