च्याउखाँदा बिरामी परेका ११ जनामध्ये ३ जनाको उपचारको क्रममा निधन


प्रकाशित मिति : जेष्ठ ३१, २०७६ शुक्रबार

गत शुक्रबार विषालु च्याउ खाएर बिरामी परेका पाल्पाका ११ जना मध्ये ३ जनाको गएराति उपचारको क्रममा निधन भएको छ । गएराति उपचारको क्रममा काठमाडौंको टिचिङ अस्पतालमा थप तीन जनाको निधन भएको हो । गएराति पाल्पाका पूर्ण सिंह खाम्चा मगर, निशा सिंह ठकुरी र सुमन सिंह ठकुरीको निधन भएको हो ।

दुई दिन अघि निरुता सिंह ठकुरीको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको थियो भने निर्मला सिंह ठकुरी र विष्णु कुमारी सिंह ठकुरीको चितवन मेडिकल कलेजमा निधन भएको थियो ।

विषालु च्याउ खाएर ११ जना विरामी परेकोमा ९ जनाको कावासोतीस्थित मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भई थप उपचारका लागि काठमाडौं लगिएको थियो । बिरामीहरु मध्ये १ जना निको भएर घर फर्किएका छन् भने बाँकी ४ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com