लिचीखाँदा भारतमा ४७ बालबालिकाको मृत्यु


प्रकाशित मिति : जेष्ठ ३१, २०७६ शुक्रबार

उत्तरी भारतमा   लिचीखाँदा ४७  जना बालबालिकाको मृत्यु भएको छ।  पछिल्लो तीन सातामा यति धेरै बालबालिकाको मृत्यु भएको हो ।
स्वास्थ्य अधिकारीहरू भन्छन् ‘सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान गएको हो।’

रगतमा चिनीको मात्रा कम भएपछि शरीरले फ्याट्टी एसिडलाई पचाएर ग्लुकोज बढाउन थाल्छ। रगतमा चिनी कम हुनुका पछाडी लिचीमा हुने रसायन भूमिका खेलेको स्वास्थ्य अधिकारीहरू बताएका छन्।

बिरामी बालबालिकाका अभिभावकले छोराछोरी दिनभरी लिचीका रूखमा झुण्डिने र टन्न लिची खाएर आउने भएकाले राति खाना नखाने बताएका थिए। मुजफ्फारपुरका दुई अस्पतालले गत जनवरीदेखि नै यस्ता किसिमका १ सय ७९ वटा  बिरामी भर्ना गरेका थिए।

बालबालिकाको मृत्यु भने केही साता अघिदेखि भइरहेको सीएनएनले जनाएको छ। सन् २०१३ मा पनि कम्तिमा ३ सय ५१ जना नागरिकको इन्सेफ्लाइटिसका कारण मृत्यु भएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com