प्रधानमन्त्री ओलीले भेटे बेलायती प्रधानमन्त्री टरिजा मे र राजकुमार ह्यारी, के के भयो कुराकानी ?


प्रकाशित मिति : जेष्ठ २८, २०७६ मंगलबार

बेलायत भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती प्रधानमन्त्री टरिजा मेबीच भेटवार्ता भएको छ । लण्डनस्थित बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटमा भएको भेटमा द्धिपक्षिय हितका विषयमा कुराकानी भएको हो।

भेटका क्रममा व्यापार, लगानी, लगायतका विषयमा केही सम्झौतामा समेत हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ । १७ वर्ष पछि नेपालका प्रधानमन्त्रीले गरेको पहिलो बेलायत भ्रमणका क्रममा ब्रिटिस गोर्खा सेनाका मुद्दामा समेत छलफल भएको छ ।

यसैबीच बेलायत भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार ह्यारीसँग भेटवार्ता गर्नुभएको छ । पूर्वी लन्डनमा रहेको केन्सिंगटन पैलेसमा राजकुमार ह्यारीसग भेटवार्ता गर्नुभएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेलायली प्रधानमन्त्री टेरिजा मेसँग भेटवार्ता गर्नुअघि उहाले राजकुमारसँग भेटवार्ता गर्नुभएको हो । भेटवार्तामा द्धपिक्षीय सम्वन्धका विषयमा छलफल भएको थियो । साथै भुकम्प गएको केही समयपछि नेपाल भ्रमणमा आएका राजकुमार ह्यारीले त्यसपछिको अवस्थाका बारेमा जिज्ञासा राखेका थिए । भेटवार्तामा प्रधानमन्त्री ओलीसहित उहाकी पत्नी राधिका शाक्य पनि सहभागी हुनुभएको थियो ।

प्रधानमन्त्री ओलीसँग गैरआवासीय नेपाली संघका पदाधिकारीले पनि छलफल गरेका छन् । संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले गैर आवासीय नेपालीलाई प्रदान गरिने नागरिकताका विषयमा जिज्ञासा राखेको जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com