स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न ध्यानाकर्षण


प्रकाशित मिति : माघ २३, २०७३ आईतबार

व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समायमा सांसद्हरुले तत्काल स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्न सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।

लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा विकास निर्माणको कामले गति लिन नसकेको सन्दर्भमा १९ वर्षपछि हुन लागेको निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्ने उनीहरुको जोड थियो ।

सरकारले खुट्टा नकमाईकन आवश्यकताअनुसार निर्वाचन मिति घोषणा गर्नु नै अहिलेको प्रमुख राजनीतिक दायित्व रहेको उनीहरुको कथन थियो ।

संविधान कार्यान्वयनका लागि निर्वाचन गर्नुको विकल्प नरहेकाले सरकारले प्रस्ट निर्णय गर्नुपर्ने सांसदहरु भनाइ थियो । यसरी धारणा राख्ने सांसद्हरुमा सुकलदेव सुतियार, सीता गिरी ओली, सूर्यप्रकाश बाला राई, हर्कबोल राईलगायत हुनुहुन्थ्यो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com